अमेरिकाबाट कुरियरमार्फत गाँजा तस्करी, त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत पठाइएको एक किलोभन्दा बढी गाँजासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको गुजरातका २३ वर्षीय भंवर सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार अमेरिकाबाट कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजा बरामद गरिएको हो। गत कात्तिक १० गते कागजात (डकुमेन्ट) को आवरणमा कुरियरमार्फत विमानस्थल हुँदै ल्याइएको गाँजा प्रहरीले कन्ट्रोल डेलिभरी विधिबाट बरामद गरेको एसएसपी बोहराले बताएका छन्। यो विधिमा शंकास्पद सामानको वास्तविक प्राप्तकर्ता वा त्यससँग सम्बन्धित व्यक्तिसम्म पुग्न निगरानीसहित सामानको डेलिभरी प्रक्रिया अघि बढाइन्छ। पक्राउ परेका दुवै भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
तिहारको फूल दशैँमा फुलेपछि [फोटोफिचर]
तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । ...

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ...

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको... ...

पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट
काठमाडौँ। पोखरा एभेन्जर्सका सदिरा समरविक्रमा आउट भएका छन्। उनी ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। उनी सुदूरपश्चिम रोयल्सका अनिल खरेलको बलमा आउट भएका हुन्। अनिलले अहिलेसम्म ३ विकेट लिएका... ...


