अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ । अमेरिकाबाट कागजातको आवरणमा कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार कात्तिक १० गते कुरियरमार्फत अमेरिकाबाट ल्याइएको गाँजा नियन्त्रित सुपुर्दगी विधिबाट बरामद गरिएको थियो । कागजातको आवरणमा गाँजा ल्याइएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवर्सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्। प्रहरीका अनुसार भवर्सिंहको ठेगाना आनन्द फ्ल्याट, भेजलपुर, अहमदाबाद र पटेलको ठेगाना अर्किड एप्पलवुड्स टाउनसिप, अहमदाबाद–३८००५८ रहेको छ । प्रहरीले उनीहरूबाट १ किलो ३३८ ग्राम गाँजा र दुई थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप आवश्यक अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । The post अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ
विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका दुई जना नाबालक छन्। पक्राउ परेका आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ...

अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता
विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतो र कोरका तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा बुधाबार हस्ताक्षर गरेका हुन् । ...

विज्ञापनमा विभेद रोक्ने फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन
सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी विज्ञापनमा विभेदविरुद्धको फैसला ‘अविलम्ब कार्यान्वयन गर्न’ सरकारलाई निर्देशन दिएको छ। सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले सो फैसला अविलम्ब कार्यान्वयन गरी कार्यान्वयनको जानकारी निर्देशनालयलाई गराउन पनि पत्रमा भनिएको छ। असार ३० को फैसला कार्यान्वयनको माग गर्दै दायर गरिएको निवेदनउपरको कार... ...
.jpg)
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
बाँके, कात्तिक ११ गते । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानम... ...


