Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठोकिए
Photo / Coverage: केन्द्रबिन्दु

मियामी । संयुक्त राज्य अमेरिकाको मियामी विमानस्थलमा दुई विमान आपसमा ठोकिएका छन्। शनिबार राति पानामा सिटीबाट आएको कोपा एयरलाइन्सको यात्रुवाहक विमान विमानस्थलतर्फ अघि बढ्दै गर्दा यसको पखेटा यूपीएस कार्गो विमानको अगाडिको भागमा ठोकिएको हो। मियामी-डेड फायर रेस्क्युका अनुसार यूपीएस बोइङ ७६७ र कोपा एयरलाइन्सको बोइङ ७३७ आपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा यात्रुवाहक विमानमा सवार दुई जना सामान्य घाइते भएका छन्। विमानमा १६६ यात्रु र चालक दलका ६ सदस्यसहित १७२ जना सवार थिए। सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। दुर्घटना अमेरिकी समयअनुसार शनिबार राति ९:१५ बजेतिर भएको थियो। त्यतिबेला दुवै विमान विमानस्थल ट्याक्सीवेमा थिए। यूपीएस कार्गो विमान कोलम्बियाको बोगोटाको लागि उड्ने तयारीमा थियो। कोपा एयरलाइन्सका यात्रु सेजर फरेराले सीएनएनलाई बताएअनुसार विमान सामान्य गतिमा विमानस्थलतर्फ अघि बढिरहेको थियो, अचानक यात्रु चिच्याए र अर्को विमानसँग ठोकिएको झट्का महसुस भयो । उनले भने, ‘ठोकिँदा विमान अचानक एक छेउमा हल्लियो र मोडियो। केही यात्रु आत्तिए, तर चालक दलका सदस्यले तुरुन्तै सबैलाई बस्न भने।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बेल्जियमसँग पराजित हुँदै नेसन्स लिगबाट बाहिरियो इटाली
Latest NewsJust now

बेल्जियमसँग पराजित हुँदै नेसन्स लिगबाट बाहिरियो इटाली

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा बेल्जियमले इटालीलाई ४–१ गोलले पराजित गरेको छ । यस हारसँगै इटाली प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न असफल भएको छ भने बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरेको छ । बेल्जियमको ब्रसेल्सस्थित किङ बाउडोइन रङ्गशालामा भएको खेलमा इटालीले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । खेलको ११औँ मिनेटमा फ्रान्सेस्को पियो एस्पोसिटोले गोल गर्दै इटालीलाई अग्रता दिलाएका ...

कर्पोरट खबर
अमरेश कुमार सिंह किन गर्दैछन मेची-महाकाली यात्रा ?
Latest NewsJust now

अमरेश कुमार सिंह किन गर्दैछन मेची-महाकाली यात्रा ?

काठमाडौँ। सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनसरोकारका मुद्दा उठाउने उद्देश्यसहित मेची–महाकाली पदयात्रा सुरु गर्दैछन्। छठ पर्वको अवसर पारेर जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर परिसरबाट... ...

रातोपाटी
उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धा, भक्ति र उल्लासका साथ छठपर्व सम्पन्न
Latest NewsJust now

उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धा, भक्ति र उल्लासका साथ छठपर्व सम्पन्न

सिरहा । आस्था, श्रद्धा र शुद्धताको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका नदी, पोखरी, तलाउ तथा जलाशयका छठघाटमा व्रतालु, श्रद्धालु तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play