Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धा, भक्ति र उल्लासका साथ छठपर्व सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धा, भक्ति र उल्लासका साथ छठपर्व सम्पन्न
Photo / Coverage: अनलाइनपाना

सिरहा । आस्था, श्रद्धा र शुद्धताको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका नदी, पोखरी, तलाउ तथा जलाशयका छठघाटमा व्रतालु, श्रद्धालु तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन् । चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको समापनसँगै छठघाटहरूमा भक्तिमय वातावरण छाएको थियो। यस पर्वले आपसी सद्भाव, सामाजिक एकता, पारिवारिक प्रेम तथा धार्मिक सहिष्णुताको सन्देशसमेत दिएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा तथा अर्घ अर्पण गरिने छठ पर्व तराई–मधेसको मौलिक संस्कृति, परम्परा र पहिचानका रूपमा स्थापित छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो
Latest NewsJust now

पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो

इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले वासिङ्टनले कूटनीतिक पहलको कुराकानी गरेर फेरि अर्को आक्रमणका तयारी गरिरहेको आरोप लगाएका छन् ...

कान्तिपुर
अभिनेता शरद कपुरको कारुणिक अपिल : ‘मलाई काम र सहयोगको खाँचो छ’
Latest NewsJust now

अभिनेता शरद कपुरको कारुणिक अपिल : ‘मलाई काम र सहयोगको खाँचो छ’

मुम्बई । बलिउड अभिनेता शरद कपुर आफ्नो निवासमा दयनीय अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनकी साथी हेमा सिंहले इन्स्टाग्राममा अर्को भिडियो सार्वजनिक गरेकी छिन्। आर्थिक सङ्कट र डिप्रेसनसँग जुधिरहेका... ...

रातोपाटी
अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’
Latest NewsJust now

अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’

खगोलविद्हरूको एक टोलीले ‘लार्ज स्काई एरिया मल्टी-अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप’ (लामोस्ट) र ‘अपाचे पोइन्ट अब्जर्भेटरी ग्यालेक्टिक इभोल्युसन एक्सपेरिमेन्ट’ (अपोजी) बाट प्राप्त तथ्याङ्क अध्ययन गरी हालै एउटा रेड जायन्ट स्टारसँगै रहेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play