Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बेल्जियमसँग पराजित हुँदै नेसन्स लिगबाट बाहिरियो इटाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेल्जियमसँग पराजित हुँदै नेसन्स लिगबाट बाहिरियो इटाली
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा बेल्जियमले इटालीलाई ४–१ गोलले पराजित गरेको छ । यस हारसँगै इटाली प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न असफल भएको छ भने बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरेको छ । बेल्जियमको ब्रसेल्सस्थित किङ बाउडोइन रङ्गशालामा भएको खेलमा इटालीले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । खेलको ११औँ मिनेटमा फ्रान्सेस्को पियो एस्पोसिटोले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर बेल्जियमले चार मिनेटपछि नै म्याक्सिम डे क्युपरको गोलबाट बराबरी गर्‍यो । खेलको २२औँ मिनेटमा नाथन न्गोयले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । त्यसको चार मिनेटपछि जेरेमी डोकुले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेपछि बेल्जियमले पहिलो हाफमै ३–१ को अग्रता बनायो । दोस्रो हाफमा पनि बेल्जियमले इटालीमाथि दबाब कायम राख्यो। खेलको ८०औँ मिनेटमा केभिन डी ब्रुइनको पासमा डिएगो मोरेरियाले गोल गर्दै बेल्जियमको जित ४–१ ले सुनिश्चित गरे । खेलको अन्तिम समयमा इटालीले पेनाल्टी पाएको थियो। तर पियो एस्पोसिटोको प्रहार बेल्जियमका गोलरक्षक सेने लामेन्सले बचाएपछि इटालीले गोलअन्तर घटाउने अवसर गुमायो । यस जितसँगै बेल्जियम १२ अंक जोड्दै समूह ‘ए१’ को दोस्रो स्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्स १३ अंकसहित समूह विजेता बनेको छ भने इटाली १० अंकसहित तेस्रो स्थानमा सीमित भएको छ । यस हारसँगै इटालीको नेसन्स लिगको क्वार्टरफाइनल यात्रा समाप्त भएको छ । The post बेल्जियमसँग पराजित हुँदै नेसन्स लिगबाट बाहिरियो इटाली appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो
Latest NewsJust now

पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो

इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले वासिङ्टनले कूटनीतिक पहलको कुराकानी गरेर फेरि अर्को आक्रमणका तयारी गरिरहेको आरोप लगाएका छन् ...

कान्तिपुर
अभिनेता शरद कपुरको कारुणिक अपिल : ‘मलाई काम र सहयोगको खाँचो छ’
Latest NewsJust now

अभिनेता शरद कपुरको कारुणिक अपिल : ‘मलाई काम र सहयोगको खाँचो छ’

मुम्बई । बलिउड अभिनेता शरद कपुर आफ्नो निवासमा दयनीय अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनकी साथी हेमा सिंहले इन्स्टाग्राममा अर्को भिडियो सार्वजनिक गरेकी छिन्। आर्थिक सङ्कट र डिप्रेसनसँग जुधिरहेका... ...

रातोपाटी
अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’
Latest NewsJust now

अन्तरिक्षमा भेटियो विज्ञानको नियमलाई चुनौती दिने ‘अदृश्य पिण्ड’

खगोलविद्हरूको एक टोलीले ‘लार्ज स्काई एरिया मल्टी-अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप’ (लामोस्ट) र ‘अपाचे पोइन्ट अब्जर्भेटरी ग्यालेक्टिक इभोल्युसन एक्सपेरिमेन्ट’ (अपोजी) बाट प्राप्त तथ्याङ्क अध्ययन गरी हालै एउटा रेड जायन्ट स्टारसँगै रहेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play