अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई पनि गोली लागेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ । रिपोर्ट अनुसार स्थानीय समयअनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको थियो। मृतकमध्ये पाँच, आठ र ११ वर्षका तीन बालबालिका तथा एक शिक्षक रहेका छन् । प्रहरी अधिकारीहरू विद्यालयभित्र प्रवेश गर्दा गोली चलाउने आशङ्का गरिएका व्यक्ति मृत अवस्थामा भेटिएको बताएका छन् । आक्रमणकारीले विद्यालयका बन्द ढोकामा गोली चलाएर जबर्जस्ती भवनभित्र प्रवेश गरेको बताइएको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजसहित केही सञ्चारमाध्यमले गोली चलाउने आशङ्का गरिएका व्यक्ति १६ वर्षीय किशोर भएको जनाएका छन्। तर प्रहरीले उनको पहिचान औपचारिक रूपमा सार्वजनिक गरेको छैन । प्रहरीले आक्रमणकारी सोही विद्यालयका विद्यार्थी थिए वा थिएनन् भन्नेबारे पनि जानकारी दिएको छैन । मृतक तथा घटनामा संलग्न व्यक्तिको पहिचान र घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । The post अमेरिकाको ओरेगनमा विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित पाँच जनाको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दशैँ आयो तर फर्कने घर नै रहेन: भोटेकोशी बाढीमा सर्वस्व गुमाएका निराजनको पीडा
आँखाअगाडि भदौ १० गतेको भोटेकोशी बाढीको त्यो कहालीलाग्दो दृश्य नाच्न थाल्छ र उनी सम्हालिन नसक्ने गरी भासिन्छन्। ...

जुम्लाको च्याङ्ग्रा चितवनमा
जुम्लाका रेशम कार्की चारजना साथीसहित चितवन आएका छन् । उनीहरूले २०५ वटा च्याङ्ग्रा ल्याएका छन् । ...

मन्त्रिपरिषद् बैठक बस्दै
आज मध्याह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले समसामियक विषयमा छलफल र निर्णय गर्नेछ। The post मन्त्रिपरिषद् बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal. ...

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो । असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षति पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने ...


