अभिनेता राजेश हमालले आज लगाए दसैंको टीका

काठमाडौं । अभिनेता राजेश हमालले यस वर्ष पनि विजया दशमीको भोलिपल्ट मात्रै दसैंको टीका लगाएका छन्। बुधबार विजया दशमी मनाइए पनि उनले बिहीबार दसैंको टीका लगाएका हुन्।राजेशले सामाजिक सञ्जालमार्फत दसैंको टीकाका तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा उनी जीवनसंगिनी मधु भट्टराई लगायतसँग देखिएका छन्। राजेश हमालले विजयादशमीको भोलिपल्ट मात्र टीका लगाउनुको पछाडि भावनात्मक कारण छ। विजया दशमीकै दिन उनकी आमाको निधन भएको थियो। त्यसैले उनी दुई दशकभन्दा लामो समयदेखि दसैंको मुख्य दिन टीका लगाउँदैनन्। उक्त दिन आमाको श्राद्ध गर्ने र भोलिपल्ट मात्रै टीका लगाउने गरेका हुन्। The post अभिनेता राजेश हमालले आज लगाए दसैंको टीका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

प्राकृतिक स्रोतको उपयोगबाट करोडौं आम्दानी
कास्की।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी संकलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ संकलन गरेको छ। कार्यालयले जडीबुटी, काठ दाउरा आदिको संकलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो। आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपैंयाँ र आव २०८०/८१ मा तीन करोड ९० ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्युप्रति कांग्रेसको ध्यानाकर्षण : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन सरकारसँग माग
काठमाडौँ । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले सो घटनाप्रति... ...
![[अर्काइभ] यस्तो थियो २६ वर्षअघि राजा वीरेन्द्रले वाचन गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/birendra-s-kps-kpr-21102026060317-watermarked.jpg)
[अर्काइभ] यस्तो थियो २६ वर्षअघि राजा वीरेन्द्रले वाचन गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम
माओवादी सशस्त्र आन्दोलन मुलुकको सबैभन्दा ठूलो चुनौती भइरहेका बेला २०५७ जेठ ६ मा राजा वीरेन्द्रले सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा वाचन गरेका थिए । शान्ति सुरक्षा, सुशासन र माओवादी गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा वैदेशिक लगानी, जलस्रोत विकास, शिक्षा र स्वास्थ्यका विषय पनि समेटिएका थिए । ...

अटो दुर्घटनामा एकको मृत्यु, दुई घाइते
अनिल पराजुलीहेटौँडा, कात्तिक ५ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५, श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।... ...


