अब ह्वाट्सएपमा खाता नभएका व्यक्तिले पनि अतिथिका रूपमा कलमा सहभागी हुन सक्ने

ह्वाट्सएपले नियमित रूपमा यो एप प्रयोग नगर्ने व्यक्तिसँग पनि सञ्चार गर्न सहज बनाउँदैछ। ह्वाट्सएपको स्वामित्व रहेको मेटा कम्पनीले नयाँ सुविधा ल्याएको छ। यस सुविधामार्फत ह्वाट्सएपमा खाता नभएका व्यक्तिले पनि कलमा सहभागी हुन सक्नेछन्। ‘गेस्ट कलिङ’ नाम दिइएको यो सुविधाले प्रयोगकर्तालाई लिंक पठाएर अन्य व्यक्तिलाई कलमा आमन्त्रण गर्न दिन्छ। आमन्त्रित व्यक्तिले एप डाउनलोड नगरी वा खाता नखोली वेब ब्राउजरबाटै उक्त लिंक खोलेर कलमा सहभागी हुन सक्छन्। तर, कलको लिंक भने ह्वाट्सएपमा खाता भएका व्यक्तिले मात्रै बनाउन सक्छन्। कलमा सहभागी हुन चाहने अतिथिले आयोजकले अनुमति नदिएसम्म प्रतीक्षाकक्षमा बस्नुपर्छ। आयोजकले चाहेको समयमा उनीहरूलाई कलबाट हटाउन पनि सक्छन्। टेलिग्राफका अनुसार आमन्त्रित व्यक्तिले व्यक्तिगत वा समूहगत कलमा सहभागी हुन सक्छन्। यस्तो कलमा बढीमा ३२ जना सहभागी हुन पाउँछन्। उनीहरूले आफ्नो स्क्रिन साझा गर्न, इमोजीमार्फत प्रतिक्रिया दिन र बोल्नका लागि हात उठाउन सक्छन्। यी कल निःशुल्क हुनेछन्, सुरुदेखि अन्त्यसम्म इन्क्रिप्सनमार्फत सुरक्षित गरिएका हुनेछन् र समयको कुनै सीमा हुनेछैन। गोपनीयताका कारण अतिथिले कलमा सहभागी अन्य व्यक्तिका फोन नम्बर हेर्न, सन्देश पठाउन वा नयाँ व्यक्तिलाई कलमा थप्न सक्ने छैनन्।यो सुविधा प्रयोग गर्न ह्वाट्सएप प्रयोगकर्ताले कल्स सेक्सन खोल्नुपर्छ, ‘+’ चिह्न छान्नुपर्छ, लिंक बनाउनुपर्छ र आफूले आमन्त्रण गर्न चाहेका व्यक्तिलाई उक्त लिंक पठाउनुपर्छ। कम्पनीले यसै वर्षको अन्त्यतिर गुगल क्यालेन्डर र आउटलुकसँग पनि यो सुविधा जोड्ने योजना रहेको जनाएको छ। यसले प्रयोगकर्तालाई क्यालेन्डरबाटै ह्वाट्सएप कलका लिंक बनाउन र बैठकको निमन्त्रणामा समावेश गर्न सहज बनाउनेछ। यो नयाँ सुविधा व्यक्तिगत र व्यावसायिक सञ्चारका लागि ह्वाट्सएपलाई अझ सहज र सबैको पहुँचमा पुर्याउने उद्देश्यले ल्याइएका अद्यावधिकमध्ये एक हो। The post अब ह्वाट्सएपमा खाता नभएका व्यक्तिले पनि अतिथिका रूपमा कलमा सहभागी हुन सक्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

प्ले स्टोरमा ह्वाट्सएपकै नाममा नक्कली एप, ५ लाखले गरे डाउनलोड
काठमाडौं । ह्वाट्सएप प्रयोगकर्तालाई लक्षित गर्दै गुगल प्ले स्टोरमा नक्कली एप सार्वजनिक भएको घटना बाहिर आएको छ । ‘ह्वाट्सएप मेसेन्जर’ नामबाट सूचीकृत उक्त तेस्रो पक्षको एप ५ लाखभन्दा बढी पटक डाउनलोड भएको बताइएको छ । अझ चिन्ताजनक पक्ष के छ भने, उक्त एप गुगल प्ले स्टोरको खोज नतिजामा प्रायोजित सूचीका रूपमा आधिकारिक ह्वाट्सएप एपभन्दा माथि देखिएको थियो । यसले प्रयोगकर्ताले ...

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाली बजारमा प्रवेश, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु
ओटीटी प्लेटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो। यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर चलचित्रहरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार (JioHotstar) प्लेटफर्म सिर्जना गरेको कम्पनीले जानकारी ...

सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव
चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सौर्य उपकरण उत्पादनमा प्रयोग हुने १२ वटा प्रविधिको निर्यातमा नियन्त्रण गर्ने प्रस्ताव ल्याएको छ। यो कृत्रिम बुद्धिमता र जैवप्रविधिसमेत समेटिएको व्यापक संशोधनको एक हिस्सा हो। चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा फोटोभोल्टिक प्रविधिलाई देशको निर्यात नियन्त्रण सूचीमा थप्ने प्रस्ताव गरिएको जनाएको छ। सौर्य प्रविधि अन्तरिक्ष तथा राष्ट्रिय रक्षाजस्ता संवेदनशील क्षेत्रमा बढ्दो रूपमा प्रयोग हुन थालेकाले ...


