Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अब नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा शुल्क लाग्ने, कुन सवारीलाई कति शुल्क ?

अब नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा शुल्क लाग्ने, कुन सवारीलाई कति शुल्क ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा शुल्क लाग्ने, कुन सवारीलाई कति शुल्क ?

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । आयोजनाले आज सार्वजनिक सूचना जारी गरेर सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो । सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु ६० तोकिएको छ । त्यस्तै, मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने रु ८० दस्तुर तोकिएको छ । त्यसैगरी बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौँ प्रवेश गर्दा रु २६० र काठमाडौँबाट प्रस्थान गर्दा रु २०० दस्तुर तोकिएको छ । त्यसैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र काठमाडौँबाट प्रस्थान गर्दा रु २५० दस्तुर तोकिएको छ । यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर सवारीसाधन परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ । The post अब नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा शुल्क लाग्ने, कुन सवारीलाई कति शुल्क ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

चैतयता १२० वटा फर्म तथा कम्पनी सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा
ताजा खबरJust now

चैतयता १२० वटा फर्म तथा कम्पनी सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरुप ती फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्... ...

नेपालखबर
शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन
ताजा खबरJust now

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

रोम। शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौं विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्। सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन्। विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध ...

नेपालन्युज
चैतदेखि यता १२० निर्माण व्यवसायी र कम्पनी कालोसूचीमा
ताजा खबरJust now

चैतदेखि यता १२० निर्माण व्यवसायी र कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेहि र विश्वसनीय बनाउने सरकारको नीतिअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री... ...

रातोपाटी
अर्नब चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)
ताजा खबरJust now

अर्नब चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौँ। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । शुक्रबार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play