Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अब डिजिटल माध्यमबाट गन्ध वा सुगन्ध पनि टाढासम्म पठाउन सकिने, वैज्ञानिकहरूले विकसित गरे ‘सेन्ट्रोनिक’ प्रविधि

अब डिजिटल माध्यमबाट गन्ध वा सुगन्ध पनि टाढासम्म पठाउन सकिने, वैज्ञानिकहरूले विकसित गरे ‘सेन्ट्रोनिक’ प्रविधि

10/24/2026, 9:14:40 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अब डिजिटल माध्यमबाट गन्ध वा सुगन्ध पनि टाढासम्म पठाउन सकिने, वैज्ञानिकहरूले विकसित गरे ‘सेन्ट्रोनिक’ प्रविधि

काठमाडौं । डिजिटल प्रविधिको विकाससँगै मानिसहरूले दृश्य (भिजुअल) र आवाज (अडियो) सजिलैसँग टाढासम्म आदानप्रदान गर्दै आएका छन् । तर, टाढाको सञ्चारमा हालसम्म गन्ध (सुगन्ध) को पहुँच पुग्न सकेको थिएन, जुन स्थिति अब बदलिने सम्भावना देखिएको छ । शोधकर्ताहरूले यस्तो प्रविधि विकसित गरेका छन्, जसमा भएको इलेक्ट्रोनिक नाक (‘इ-नोज’) ले कफीजस्ता निश्चित गन्धहरू पहिचान गर्छ र टाढा रहेको सानो डिभाइसलाई सोहीअनुसारको सुगन्धित अणुहरू (स्केन्ट मोलिक्युल्स) छाड्न निर्देशन दिन्छ । यो डिजिटल सञ्चार एउटै कोठादेखि लिएर संसारको जुनसुकै कुनामा पनि हुन सक्छ । शोधकर्ताहरूले डिजिटल स्केन्ट प्रविधिको यस पछिल्लो विकासलाई ‘सेन्ट्रोनिक’ नाम दिएका छन् । अध्ययनका मुख्य लेखक तथा ओहायो स्टेट युनिभर्सिटीका ‘मटेरियल्स साइन्स एन्ड इन्जिनियरिङ’ का पीएचडी विद्यार्थी चुनयु याङका अनुसार सरल भाषामा यसले ‘यहाँ सुँघेको गन्ध’ लाई ‘अन्यत्र पुनःउत्पादन गर्ने’ काम गर्छ । यसको मुख्य उद्देश्य हाल शेयर गरिँदै आएका भिजुअल र अडियो जानकारीमा गन्धलाई जोडेर अनुभवलाई अझ प्रभावकारी बनाउनु हो । ‘सायन्स एडभान्सेस’ जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार गन्ध पहिचान गर्ने र त्यसलाई पुनःउत्पादन गर्ने कार्यलाई एउटै कम्प्याक्ट प्लेटफर्ममा जोड्नु नै सेन्ट्रोनिकको मुख्य विशेषता हो । यसरी काम गर्छ सेन्ट्रोनिक प्रविधि यस प्रविधिमा ग्यास सेन्सरको एरे प्रयोग गरेर रासायनिक यौगिकहरू पत्ता लगाउने ‘इ-नोज’ डिभाइस बनाइएको छ । त्यसपछि मेसिन लर्निङ मोडेलले यसअघि तालिम दिइएका गन्धहरू—बियर, केक, कफी, सुन्तला र रेड वाइन—लाई वर्गीकरण गर्छ । यो प्रविधिले अनलाइन प्लेटफर्ममार्फत गन्धको जानकारी स्केन्ट जेनेरेटरमा पठाउँछ, जसले प्राप्तकर्ताको छेउमा उस्तै सुगन्ध पुनःउत्पादन गर्छ। तर, गन्धका वास्तविक अणुहरू भने इन्टरनेटबाट नभई डिजिटल सूचनाका रूपमा मात्र प्रसारण हुन्छन् । गन्ध पहिचान गर्ने ‘इ-नोज’ डिभाइस करिब ६ इन्च (१५ सेमी) व्यासको र बोक्न मिल्ने (पोर्टेबल) छ, तर शरीरमा पहिरिन भने मिल्दैन । शोधकर्ताहरूले गन्ध छाड्ने जेनेरेटरका लागि रिस्टब्यान्ड (नाडीमा बाँध्ने), नेक्लेस (मालाजस्तो) र हातमा समात्न मिल्ने विभिन्न डिजाइनहरू तयार पारेका छन् । हालको अवस्थामा यो इ-नोजले ५ वटा गन्ध मात्र पहिचान गर्न सक्छ । प्रणालीको प्रदर्शनका लागि परिचित र फरक-फरक विशेषता भएका दैनिक गन्धहरू रोजिएको याङले बताएका छन् । सिद्धान्ततः गन्धको सूची अझ बढाउन सकिने भए पनि असीमित गन्ध पहिचान र पुनःउत्पादन गर्नु निकै चुनौतीपूर्ण छ । गन्ध पहिचान गर्नु र त्यसलाई दुरुस्त पुनःउत्पादन गर्नु फरक-फरक चुनौती भएकाले दैनिक जीवनका उपयोगी गन्धहरूलाई समेट्नु व्यावहारिक लक्ष्य हुने अध्ययनको निष्कर्ष छ। प्राप्तकर्ता डिभाइसले सेन्ट्रोनिकले सामना गर्ने सबै गन्ध पुनःउत्पादन गर्न सक्दैन । त्यसैले नयाँ गन्धहरू थप्नका लागि इ-नोजलाई तालिम दिनुका साथै जेनेरेटरमा सोही अनुसारको सुगन्धित तरल पदार्थ राख्नुपर्छ । यस प्रविधिको प्रयोगबाट टाढा रहेका परिवार वा साथीभाइसँग खानाको सुगन्ध शेयर गर्न सकिनेछ । साथै, भर्चुअल र अगमेन्टेड रियालिटी तथा अनलाइन सपिङमा सामान खरिद गर्नुअघि सुगन्ध परीक्षण गर्न यसको प्रयोग हुन सक्ने सम्भावना छ । हाल यो कुनै व्यावसायिक कम्पनीको संलग्नताबिना तयार पारिएको एक अनुसन्धान नमुना (रिसर्च प्रोटोटाइप) मात्र हो । यसलाई व्यापारीकरण गर्नका लागि ठूलो र विविधतायुक्त डाटासेट र वास्तविक वातावरणमा गन्ध पहिचान गर्ने क्षमता आवश्यक पर्छ । साथै गन्ध जेनेरेटरको क्षमता विस्तार, यसको गुणस्तर, पुनः भर्न सकिने सुविधा, टिकाउपन, उत्पादन लागत र सुगन्धित बाफको सुरक्षित प्रयोग जस्ता विषयहरूमा थप विकास आवश्यक छ । भविष्यमा स्मार्टफोनमै यस्तो प्रविधि जोड्न सकिने भए पनि गन्धका रिजरभोइर, इलेक्ट्रोनिक्स र एटोमाइजरले ठाउँ र तौल ओगट्ने भएकाले फोनभित्रै पूर्ण रूपमा एकीकृत गर्न चुनौतीपूर्ण रहेको शोधकर्ता याङले स्पष्ट पारेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

पोखरामा कोजाग्रत पूर्णिमामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव
ताजा खबरJust now

पोखरामा कोजाग्रत पूर्णिमामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव

कास्की । ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारासहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै छ । महिला पर्यटन व्यवसायी... ...

रातोपाटी
फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो
ताजा खबरJust now

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो... ...

रातोपाटी
‘पदभन्दा ठुलो पौरख’ पुस्तक लोकार्पित
ताजा खबरJust now

‘पदभन्दा ठुलो पौरख’ पुस्तक लोकार्पित

गोरखापत्र अनलाइनकाठमाडौँ, कात्तिक ७ गते। सरकारका पूर्व उपसचिव मीनप्रसाद ज्ञवालीद्वारा लिखित आत्मकथा पुस्तक ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ। शनिवार काठमाडौँको कमलादीस्थित नेपाल... ...

गोरखापत्र
अन्तिम निर्वाचन बहसमा लुला र बोल्सोनारो दुवैको शान्त स्वर
ताजा खबरJust now

अन्तिम निर्वाचन बहसमा लुला र बोल्सोनारो दुवैको शान्त स्वर

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारोले अन्तिम दिन शुक्रबार कूटनीतिक बहस गरेका छन् । निर्वाचनको दुई दिनअघि दुवैले तीखो टिप्पणी गर्न भने छाडेनन् ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play