Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिले अफगानिस्तानमा चर्किदै कुपोषण संकट

अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिले अफगानिस्तानमा चर्किदै कुपोषण संकट

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिले अफगानिस्तानमा चर्किदै कुपोषण संकट

काबुल । अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा भोकमरी तथा कुपोषण तीव्र रूपमा बढेको छ । आगामी वर्ष ५३ लाख महिला तथा बालबालिकालाई कुपोषणको उपचार आवश्यक पर्ने अनुमान गरिएको छ । तर आर्थिक अभावका कारण गम्भीर कुपोषण भएका बिरामीले समेत पर्याप्त उपचार पाउन सकेका छैनन् । काबुलस्थित इन्दिरा गान्धी बाल स्वास्थ्य संस्थानको कुपोषण उपचार कक्षका सबै २० शैय्या भरिएका छन् । तीन वर्षीया कलसौम त्यहीँ उपचाररत छिन् । उनकी आमा मलिकाले केही महिनाअघि पाँच वर्षीया छोरी खदिजालाई पनि कुपोषणकै कारण गुमाउनु परेको थियो। दुवै छोरीका हातखुट्टा पातला भए पनि हात, खुट्टा र पेट सुन्निएका थिए र यो शरीरमा प्रोटिनको गम्भीर कमीका लक्षण हुन् । ‘म कान्छी छोरीको जीवनलाई लिएर चिन्तित छु । उनको पनि मृत्यु हुन सक्छ,’ २५ वर्षीया मलिकाले आँसु पुछ्दै भनिन् । उनका श्रीमान् दैनिक ज्यालादारीमा काम गर्छन् । परिवारको आय निकै थोरै भएकाले उनीहरुलाई गुजारा चलाउनै सकस छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अफगानिस्तानस्थित देशीय निर्देशक जोन एलिफका अनुसार आगामी केही महिनामा करिब एक करोड ९० लाख मानिस अर्थात् देशको जनसङ्ख्याको झन्डै ४० प्रतिशतले जीवन जोखिममा पार्ने तीव्र भोकमरीको सामना गर्नुपर्नेछ । उनले तीव्र कुपोषण अभूतपूर्व स्तरमा पुगेको बताए । आगामी वर्ष पाँच वर्षमुनिका बालबालिका र महिलासहित ५३ लाख मानिसलाई उपचार आवश्यक पर्ने अनुमान छ । यो सन् २०२२ को तुलनामा १३ लाख बढी हो । बिहीबार सार्वजनिक एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपीसी) को पछिल्लो तथ्याङ्कले बालबालिका विशेष जोखिममा रहेको देखाएको छ । विकासशील शरीरलाई बढी पोषण आवश्यक पर्ने भएकाले पर्याप्त खाना नपाउँदा उनीहरू कुपोषणबाट बढी प्रभावित हुने गरेका छन् ।चार दशक लामो युद्ध, पाकिस्तानसँगको सीमा नाका लामो समय बन्द हुँदा व्यापारमा परेको असर, सन् २०२३ यता इरान र पाकिस्तानबाट पाँच लाखभन्दा बढी अफगान शरणार्थीको जबर्जस्ती फिर्ती तथा खडेरी, बाढी र भूकम्पजस्ता विपद्ले सङ्कट थप जटिल बनाएका छन् । गरिबीका कारण लाखौँ मानिस पौष्टिक खाना किन्न असमर्थ छन् । मध्यपूर्वको द्वन्द्वले पनि खाद्यान्नको मूल्य बढाएको छ । एलिफका अनुसार गरिबले उपभोग गर्ने आधारभूत खाद्यवस्तुको मूल्य १० देखि ३० प्रतिशतसम्म बढेको छ । यसले विपन्न परिवारलाई बजारबाट खाद्यान्न किन्नसमेत कठिन बनाएको उनले बताए । संकटको अर्को प्रमुख कारण अन्तर्राष्ट्रिय सहायता कटौती हो । सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि विदेशी सहायता एकाएक घट्दा लाखौँ मानिस गरिबी र भोकमरीमा धकेलिएका थिए । अमेरिकी सहयोग रोकिएपछि डब्लुएफपीजस्ता संस्थाको खाद्य सहायता कार्यक्रमसमेत प्रभावित भएका छन् । एलिफका अनुसार अहिले डब्लुएफपीले सन् २०२२ मा प्राप्त गरेको रकमको १२ प्रतिशत मात्र पाएको छ । ‘हामीले स्वास्थ्य केन्द्रबाट गम्भीर कुपोषण भएका सातमध्ये छ जना महिला र बालबालिकालाई फर्काउनुपरेको छ । उनीहरूका बालबालिकाको जीवन बचाउन आवश्यक खाना हामीसँग छैन,’ एलिफले भने । उनले अफगान बालबालिकाको पीडाप्रति अन्तर्राष्ट्रिय समुदाय पर्याप्त संवेदनशील नभएको भन्दै चिन्ता व्यक्त गरे । इन्दिरा गान्धी अस्पतालका आन्तरिक चिकित्सा विभाग प्रमुख डा. मोहम्मद आरिफ हसनजाईका अनुसार कहिलेकाहीँ बिरामीको सङ्ख्या शय्याभन्दा बढी हुँदा दुई बालबालिकालाई एउटै शय्यामा राख्नुपर्छ । हालको सहयोगले २० शय्याको गम्भीर कुपोषण उपचार कक्ष मात्र सञ्चालन गर्न सकिएको छ । थप स्रोत उपलब्ध भए ६० देखि १०० जनासम्म बिरामीलाई उपचार दिन सकिने उनले बताए । ‘स्वास्थ्य सहायता किन घटाइएको हो भन्नेमा म चिन्तित छु । राजनीतिक अवस्थाका कारण बिरामीले कुपोषण भोग्नुपर्ने र ज्यानसमेत गुमाउनुपर्ने हो ?’ उनले प्रश्न गर्दै स्वास्थ्य सेवा राजनीतिबाट अलग रहनुपर्ने बताए । अस्पतालमा दुई वर्षीया छोरी फातमाको उपचार गराइरहेकी २५ वर्षीया जरमिनाको परिवार पनि यही सङ्कटबाट प्रभावित छ । लोगार प्रान्तमा दैनिक ज्यालादारी गर्ने उनका श्रीमान्का पाँच सन्तानमध्ये चार जना कुपोषित भएका थिए । सुरुमा फातमासहित तीन सन्तानलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । फातमाको अवस्था गम्भीर भएपछि उनलाई काबुल ल्याइएको हो । यात्राका लागि परिवारले ऋण लिनुपरेको थियो । अस्पताल भर्ना भएको १२ दिन बितिसक्दा पनि चार दशमलव आठ किलोग्राम तौल भएकी फातमाको तौल बढ्न सकेको छैन । उनकी आमा जरमिनालाई काबुलमा कति समय बस्नुपर्ने हो भन्ने थाहा छैन ।उनका अन्य छोरीहरूलाई स्थानीय अस्पतालबाट घर पठाइएको छ र आफन्तले हेरचाह गरिरहेका छन् । तर परिवारसँग पर्याप्त खाना किन्ने पैसा छैन । पहिले सहायता संस्थाले यस्ता परिवारलाई सहयोग गर्न सक्थे । अहिले बजेट कटौतीका कारण उनीहरूलाई आवश्यक सहयोग पुर्‍याउन कठिन भएको छ । एलिफका अनुसार अफगानिस्तानको मानवीय सङ्कटको गम्भीरता सहायता संस्थाले के गर्न सक्छन् भन्नेभन्दा पनि स्रोत अभावका कारण के गर्न सकिरहेका छैनन् भन्नेबाट देखिन्छ । रासस/एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक
ताजा खबरJust now

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन्। विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न निर्णय गरिएको विदेशमन्त्री मार्को रुबियोले बताएका छन्। तर, यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन्। रुबियोका अनुसार इरानमाथिको युद्ध र यमनका हुथी समूहका आक्रमणलगायत द्वन्द्वले विश्वव्यापी तेल तथा डिजेलको मूल्य बढाएको छ। ...

नेपालन्युज
३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार
ताजा खबरJust now

३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार

काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको बम्पर उपहार तामाङले जितेकी हुन् । उनले दशैंका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान खरिद गरी बिल लिएकी थिइन् । सोही बिलको कुपन ...

टक्सार
करदाता प्रोत्साहन उपहार कार्यक्रम: नुवाकोटकी सन्तमायालाई १० लाख रुपैयाँको बम्पर उपहार
ताजा खबरJust now

करदाता प्रोत्साहन उपहार कार्यक्रम: नुवाकोटकी सन्तमायालाई १० लाख रुपैयाँको बम्पर उपहार

असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन्। ...

हाम्राकुरा
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने
ताजा खबरJust now

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देशमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्था रहेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो । नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार, भोटेकोसीमा आएको बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै पाँच हजारभन्दा […] ...

समयपोष्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play