Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मानव समुदाय र प्रकृतिबीचको सहअस्तित्व तथा सन्तुलित सम्बन्धको महत्त्व उजागर गर्ने उद्देश्यले आज नोभेम्बर ३ मा अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ‘मानव तथा जैवमण्डल कार्यक्रम’ अन्तर्गत घोषणा गरिएका जैवमण्डल आरक्षको महत्त्वबारे जनचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ । यी क्षेत्रलाई दिगो विकास, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको प्रभाव सामना गर्ने अभ्यासस्थलका रूपमा लिइन्छ । यहाँ प्रकृति संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासलाई पनि प्राथमिकता दिइन्छ । युनेस्कोका अनुसार विश्वभर १४५ देशमा ७९७ वटा जैवमण्डल आरक्ष रहेका छन् । यी आरक्षले लाखौँ वर्ग किलोमिटर क्षेत्र समेट्नुका साथै करोडौँ मानिसको जीविकोपार्जन र जीवनयापनमा सहयोग पुर्‍याइरहेका छन् । जैवमण्डल आरक्षले मुख्यतः तीनवटा उद्देश्य पूरा गर्छन् । पहिलो, वन, वन्यजन्तु, पारिस्थितिक प्रणाली र जैविक विविधताको संरक्षण गर्नु । दोस्रो, वातावरणीय तथा सामाजिक सन्तुलन कायम राख्दै स्थानीय समुदायको दिगो आर्थिक विकासमा सहयोग पुर्‍याउनु । तेस्रो, अनुसन्धान, वातावरणीय शिक्षा, अनुगमन र तालिममार्फत ज्ञान तथा सीपको विकास गर्नु । यस्ता आरक्षलाई व्यवस्थापनका लागि तीन क्षेत्रमा विभाजन गरिएको हुन्छ । मुख्य संरक्षण क्षेत्रमा प्राकृतिक स्रोत र जैविक विविधताको कडा संरक्षण गरिन्छ । मध्यवर्ती क्षेत्रमा संरक्षणसँग मेल खाने सीमित गतिविधि सञ्चालन गर्न सकिन्छ भने संक्रमण क्षेत्रमा स्थानीय समुदायको सहभागितामा दिगो रूपमा प्राकृतिक स्रोतको उपयोग गरिन्छ । युनेस्कोले सन् २०२१ मा आफ्नो ४१औँ महासभाबाट हरेक वर्ष नोभेम्बर ३ लाई अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यस दिवसले प्रकृति संरक्षण र मानव विकासलाई एकअर्काको विरोधी नभई परिपूरक बनाउने सन्देश प्रवाह गर्छ । युनेस्कोको जैवमण्डल आरक्ष सूचीमा भने नेपालको कुनै क्षेत्र अहिलेसम्म परेको छैन । यसअघि कन्चनजंगा कन्जरभेसन क्षेत्र र लाङटाङनेशनल पार्कलाई युनेस्कोको जैवमण्डल आरक्ष सूचीमा राख्ने विषयमा प्रयास भएका थिए । The post अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१४ वर्षे अन्तर्राष्ट्रिय करियर टुंग्याउँदै ग्लेन म्याक्सवेलले लिए सन्न्यास
Latest NewsJust now

१४ वर्षे अन्तर्राष्ट्रिय करियर टुंग्याउँदै ग्लेन म्याक्सवेलले लिए सन्न्यास

म्याक्सवेलले ‘द फाइनल वर्ड’ पोडकास्टमा बोल्दै भिक्टोरियाका लागि घरेलु क्रिकेटबाट पनि अलग्गिने बताएका छन् । ...

कान्तिपुर
कांग्रेस रूपान्तरणको अवसर
Latest NewsJust now

कांग्रेस रूपान्तरणको अवसर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले नेतृत्व परिवर्तनको सन्देश मात्र दिएको छैन, पार्टीको राजनीतिक संस्कार बदल्ने ऐतिहासिक जिम्मेवारी पनि नयाँ नेतृत्वलाई सुम्पिएको छ । लामो समयदेखि ग... ...

गोरखापत्र
देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना
Latest NewsJust now

देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका हिमाली तथा पहाडी भूभागमा आज आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र ती क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको ...

टक्सार
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
Latest NewsJust now

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play