Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। तोकिएको समयमा प्रक्रिया पूरा नगरे अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम, थप दस्तुर र जरिवानासहितको बक्यौता चुक्ता गर्न भनेको हो । अनुमतिपत्र नवीकरण नगर्ने कम्पनीमा प्राधिकरणका अनुसार विभिन्न २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्नो अनुमतिपत्र नवीकरण गरेका छैनन् । अनुमतिपत्र नवीकरण नगर्ने सेवा प्रदायकमा एलिशा कम्युनिकेसन लिंक, एरोनेट प्रालि, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड, क्लासिक टेक प्राइभेट लिमिटेड र कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्राइभेट लिमिटेड रहेका छन् । त्यस्तै, एभरेस्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड, जीआरएस लिंक इन्टरनेट सर्भिस प्राइभेट लिमिटेड, आई जोन प्राइभेट लिमिटेड, कालिका नेट, खप्तड नेट, कनेक्ट नेपाल नेटवर्क र मर्केन्टाइल कम्युनिकेसन पनि अनुमतिपत्र नवीकरण नगर्ने सूचीमा छन् । नेक्स्ट गिकर्स प्राइभेट लिमिटेड, नम्बर नेटवर्क, पोखरा इन्टरनेट, सांग्रिला इन्फर्मेटिक्स, सुपर सितापाइला केबल नेट, टेकमाइन्ड्स नेटवर्क लिमिटेड, अल्ट्रानेट कम्युनिकेसन र वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टमले पनि अनुमतिपत्र नवीकरण नगरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगर्ने तथा बक्यौता नबुझाउने कम्पनीमाथि दूरसञ्चार ऐन, २०५३ को दफा २८ अनुसार अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने जनाएको छ । बाँकी रकमसमेत कानुनअनुसार असुल गरिने प्राधिकरणको भनाइ छ । यसैबीच, प्राधिकरणले उपभोक्तालाई अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकबाट मात्रै इन्टरनेट तथा दूरसञ्चार सेवा लिन आग्रह गरेको छ । The post अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
Latest NewsJust now

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु वर्षको पहिलो चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै उक्त सङ्ख्या मुस्ताङ पुगेको हो... ...

रातोपाटी
मानव बेचबिखन तथा ओसारपसार विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग
Latest NewsJust now

मानव बेचबिखन तथा ओसारपसार विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्तावित ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न सांसदहरूले माग गरेका छन् । यो विधेयकमाथि प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा छलफल भइरहेको छ । ...

कान्तिपुर
हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको जिटुजीको मल पूर्णरुपमा भित्रियो
Latest NewsJust now

हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको जिटुजीको मल पूर्णरुपमा भित्रियो

भारतबाट खरिद गरिएको ३० हजार टन युरिया र २० हजार टन डीएपीमध्ये वीरगन्ज कार्यालयले ७ हजार ९५४ टन युरिया र ५ हजार ८०७ टन डीएपी प्राप्त गरेको छ। ...

कान्तिपुर
डिजिटल फोटो कसरी सुरक्षित राख्ने ?
Latest NewsJust now

डिजिटल फोटो कसरी सुरक्षित राख्ने ?

यदि तपाईंले सन् २००० को सुरुवाती वर्षहरूमा डिजिटल क्यामेरा प्रयोग गर्नुभएको थियो भने, तपाईंको जीवनका धेरै महत्त्वपूर्ण पलका तस्बिरहरू सधैँका लागि हराइसकेका हुन सक्छन् । त्यतिबेला खिचिएका एउटा पुस्ताकै लाखौँ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play