Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

गण्डकीमा सार्वजनिक संरचना पुनःनिर्माण गर्न साढे आठ अर्ब लाग्ने अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
गण्डकीमा सार्वजनिक संरचना पुनःनिर्माण गर्न साढे आठ अर्ब लाग्ने अनुमान
Photo / Coverage: नेपालन्युज

गण्डकी। गण्डकी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका सडक, पुल, भवनलगायत सार्वजनिक संरचनाको पुनःनिर्माणमा आठ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यसमा निजी घर, जग्गा, व्यवसाय र कृषि क्षेत्रमा पुगेको क्षति समेटिएको छैन। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव तीर्थराज चिलुवालले प्रारम्भिक आकलनअनुसार सार्वजनिक संरचना पुनःनिर्माणमा आठ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको बताए। विपद्पछिको आवश्यकता मूल्याङ्कनको विस्तृत तथा पूर्ण प्रतिवेदन आउन भने बाँकी रहेको उनले जानकारी दिए। बाढीपहिरो र डुबानजस्ता मनसुनजन्य विपद्का घटनाबाट यस वर्ष प्रदेशका सात जिल्लाका २० स्थानीय तह प्रभावित भएका छन्। बाढीपहिरोबाट ११ सडक पुल, १५ झोलुङ्गे पुल, १९ विद्यालय भवन, ११ सरकारी भवन र २६ किलोमिटर सडकमा क्षति पुगेको छ। “सडक, पुललगायत सार्वजनिक संरचना पुनःनिर्माणमा लाग्ने खर्चको प्रारम्भिक अनुमान मात्र गरिएको छ। अन्य क्षेत्रमा पुगेको क्षतिको पुनःनिर्माण र बाढीबाट विस्थापित परिवारको पुनःस्थापनाका लागि पनि राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने देखिएको छ,” सचिव चिलुवालले भने। गत असोज ८ देखि ११ गतेसम्मको भारी वर्षापछि आएको बाढीपहिरोले गण्डकी प्रदेशका बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा ठूलो धनजनको क्षति पुर्‍याएको थियो। असोज २५ गते बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाका विभिन्न स्थानीय तह प्रभावित भएका थिए। त्यस्तै, सोही महिनामा मनाङको हिमलुङ हिमाल आधारशिविरमा हिमपहिरो जाँदा १६ जनाको मृत्यु भएको थियो। गत भदौमा मुस्ताङको लोमान्थाङमा गएको भूकम्पले २७३ घर तथा संरचनामा क्षति पुर्‍याएको थियो। यस वर्षको मनसुनजन्य विपद्मा परी प्रदेशभर ३६ जनाको मृत्यु भएको र तीन जना बेपत्ता रहेको सचिव चिलुवालले जानकारी दिए। बाढीपहिरोबाट ७३६ निजी घरमा क्षति पुगेको छ भने सयौँ परिवार विस्थापित भएका छन्। जलविद्युत् आयोजना, पर्यटकीय सम्पदा, सिँचाइ तथा खानेपानी पूर्वाधार, कृषि र पशुपालन क्षेत्रमा पनि क्षति पुगेको उनले बताए। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनःनिर्माणमा प्रदेश सरकार एक्लैले मात्र काम गर्न नसक्ने भन्दै सङ्घ सरकारले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःनिर्माण एउटै प्याकेजमा सुरु गर्नुपर्ने बताए। विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ छ। प्रदेशको कार्यक्षेत्रभित्र पर्ने भौतिक संरचना पुनःनिर्माणका लागि पनि सङ्घ सरकारको सहयोग चाहिने मुख्यमन्त्री पाण्डेले बताए। सङ्घ सरकारको कार्यक्षेत्रमा पर्ने क्षतिग्रस्त सडक, पुल, भवन, खानेपानी र सिँचाइ पूर्वाधारको तत्काल मर्मत तथा पुनःनिर्माण गर्न सङ्घ सरकारलाई अनुरोध गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवनियुक्त नेपाली राजदूत शर्मा बेइजिङ पुगे, सम्हाले कार्यभार
Latest NewsJust now

नवनियुक्त नेपाली राजदूत शर्मा बेइजिङ पुगे, सम्हाले कार्यभार

काठमाडौँ । चीनका लागि नेपालका नवनियुक्त राजदूत डा. कल्याणराज शर्मा आज राजधानी बेइजिङ पुगेका छन्। बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई बेइजिङस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, दूतावासका वरिष्ठ... ...

रातोपाटी
सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने
Latest NewsJust now

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेर पछि हुने खेलमा दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रिने छन् । आजको खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित ...

केन्द्रबिन्दु
पोखरामा ‘माछापुच्छ्रे दौड’ आयोजना हुँदै
Latest NewsJust now

पोखरामा ‘माछापुच्छ्रे दौड’ आयोजना हुँदै

माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ। माछापुच्छ्रे बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङ संग सहकार्य गरेको हो।  प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा पोखराको साहसिक प... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play