अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर रु पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो । उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदान सजिलै मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पार। रु पाँच करोड ८० लाख ठगी गरेका थिए । काठमाडौँ जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चक्रवात अर्नवको असर : लुथ्रुक्क काठमाडौं (तस्वीर)
गए रातिदेखि निरन्तर वर्षा भइरहेका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ । ...

सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो
१३ कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १०५… ...

पढाइसँगै खेतीपातीमा रमाउँदै विद्यार्थी
१३ कात्तिक, स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका–५, रंगेठाँटीस्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थी पढाइसँगै कृषि उत्पादनमा पनि जुट्न थालेका छन् । विद्यालयमा सञ्चालन भइरहेको ‘कमाउँदै पढ्दै’ कार्यक्रममार्फत उनीहरूले तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । विद्यालयको प्रि–डिप्लोमा तहअन्तर्गत जेटीए बाली विज्ञान समूहमा अध्ययनरत विद्यार्थीले हाइब्रिड जातका काउली, बन्दा र ब्रोकाउलीका बेर्ना उत्पादन गरेका… ...



