काठमाडौँ। नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना तिराएकाे छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गरेको कारबाहीसम्बन्धी विवरणअनुसार हिमालयन बैंकलाई उक्त जरिवाना गरिएको हो । बैंकले २०८३ भदौ ३ गते एक दिनका लागि राष्ट्र बैंकमा दैनिक रूपमा कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम नगरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई तोकिएको नियामकीय व्यवस्था पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।
अनिवार्य नगद मौज्दात कायम नगर्दा हिमालयन बैंकलाई ४ लाख २६ हजार जरिवाना

Read Complete Original Article
Published originally on टक्सार






