अण्डाको होलसेल मूल्य बढ्यो

चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए । नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ । अध्यक्ष पोखरेलले ६ कात्तिकमा रु तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब रु तीन हजार ९०० पुगेको छ । १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य रु तीन हजार ६०० बाट बढेर रु तीन हजार ८०० पुगेको छ । १२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य रु तीन हजार ५०० बाट बढेर रु तीन हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए । एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने रु तीन हजार १०० बाट बढेर रु तीन हजार २०० पुगेको छ । उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा रु २५ र मिडियम अण्डाप्रति दुई वटाको रु ४५ कायम गरिएको छ । फार्म मूल्य प्रतिपेटी रु २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए । पर्वहरुसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा
केन्द्रीय निर्वाचन समितिका अनुसार नेतान्याहु समर्थक समूहले ५३ सिट जिते पनि नयाँ नेसेटमा बहुमतका लागि आवश्यक संख्या पुगेन। ...

काठमाडौँमा विद्युत् लाइन भूमिगत गर्न ८ दिन बिजुली कटौती हुँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत् लाइन विस्तारको कामलाई तीव्रता दिएको छ । भूमिगत विद्युत लाइन विस्तारका क्रममा कामलाई सुरक्षित र सहज बनाउन प्राधिकरणले कात्तिक... ...

आठ हजार मिटर अग्ला नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यताका लागि पहल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको बताएका छन्। नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को साधारणसभामा मन्त्री पौडेलले यसबारे प्रस्ताव अघि सारेका ... ...

डा केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामाः शिक्षा मन्त्रालय
काठमाडौँ, कात्तिक १३ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ ।उक्त... ...


