अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै संघले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका अध्यक्ष विनोद पोखरेलले बताए । नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन)रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ । अध्यक्ष पोखरेलले ६ कात्तिकमा रु तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब रु तीन हजार ९०० पुगेको छ । १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य रु तीन हजार ६०० बाट बढेर रु तीन हजार ८०० पुगेको छ । १२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य रु तीन हजार ५०० बाट बढेर रु तीन हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए । एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने रु तीन हजार १०० बाट बढेर रु तीन हजार २०० पुगेको छ । उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा रु २५ र मिडियम अण्डाप्रति दुई वटाको रु ४५ कायम गरिएको छ । फार्म मूल्य प्रतिपेटी रु २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए । पर्वहरूसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

समाचारको स्रोत पत्ता लगाउन समाचारकक्ष प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो : गाउँले
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ...

‘चौथो तिहार फ्लोरा एक्स्पो’ १७ कात्तिकमा, १ करोड कारोबार अपेक्षा
नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा १७ देखि २१ कात्तिकसम्म पाँच दिने राष्ट्रियस्तरको पुष्प प्रदर्शनी तथा मेला हुन लागेको हो । ...

पत्रकारहरू पक्राउबारे गृह प्रवक्ता भन्छन्- जानकारी छैन भन्दिनँ, तर थप बुझ्नुपर्छ
झण्डै दुई मिनेटको कुराकानीमा गृह प्रवक्ता काफ्ले पटक–पटक आफूलाई ‘जानकारी नरहेको नभन्ने, तर थप बुझ्नुपर्ने’ शब्द मात्रै दोहोर्याइरहे । ...

डीएनए खबरका पत्रकार धिरज बस्नेत पनि प्रहरी नियन्त्रणमा
पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ...


