काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अटिजम, बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् त रु भनेर समाजमा गरिने प्रश्न नै गलत भएको बताएकी छिन् । अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र भवनको शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् । ‘अटिजम भएका, बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् त ? भनेर समाजमा गरिने प्रश्न नै गलत छ,’ उनले भवन शिलान्यासपछि सम्वोधन गर्दै भनिन्, ‘त्यो प्रश्न सही होइन । सही प्रश्न चाँहि हाम्रो शिक्षा प्रणालीले हरेक बालबालिको आवश्यकता फरक छ भने ती फरक आवश्यकतालाई सम्बोधन गर्ने शिक्षा प्रणाली हाम्रो शिक्षा प्रणालीले गर्यो कि गरेन, सिक्यो कि सिकेन भन्ने हो ।’ उनले सबैले परिकल्पना गरेको मानवताको सहर र करुणको सहरमा अटिजम स्कूल तथा अनुसन्धान केन्द्रको स्थापना गरेर एउटा इट्टा थप्ने काम काठमाडौं महानगरपालिकाले गरेको उल्लेख गरिन् । ‘यस्ले समतामुलक र संवेदनशील समाज निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने विश्वास लिएका छौँ,’ उनले भनिन्, ‘अटिजम भएका बालबालिकाले संवाद गर्ने, सिक्ने, बोलिचाली र गर्ने व्यवहार पनि फरकफरक हुन्छन् । त्यसैले उनिहरुको आवश्यकता पनि फरकफरक छ भन्ने हिसावले उनीहरुलाई शिक्षा दिनुपर्छ र व्यवहार गर्नुपर्छ । हामीले यहि योजना अनुसार यो काम अघि बढाएका हौँ ।’ उनले भवन निर्माणको योजनासँगै ती बालबालिकाका लागि आवश्यक कानुन निर्माणका लागि पनि कार्ययोजना बन्नुपर्छ, भन्दै महानगरपालिका त्यस्मा लाग्ने र राज्यलाई पनि त्यसका लागि आग्रह गर्ने पनि उल्लेख गरिन् । उनले एउटा बच्चालाई अटिजम हुनु भनेको उस्लाई मात्रै असर गर्ने नभई त्यसले सिङ्गो परिवारलाई असर गरेको हुन्छ भन्दै महानगरपालिकाले अटिजम स्कुल तथा अनुसन्धान केन्द्र त्यस्ता परिवारलाई ध्यानमा राखेर बनाउने योजना अघि बढाएको उल्लेख गरिन् । ‘हामीले उनीहरुका परिवारलाई सीपसँग जोड्ने काम पनि गर्दै आएका छौँ । तर, त्यो प्रयाप्त छैन,’ उनले भनिन्, ‘अहिलेसम्म अटिजम, बौद्धिक अपाङ्ता भएकाहरुका लागि कार्यविधि बन्न सकेको छैन । हामी यो भवनसँगै कार्यविधिको काम पनि अघि बढाउछौँ र भवन सकेका दिन कार्यविधिलाई पनि कार्यान्वयनमा ल्याउँछौँ । उनले अटिजमलगायत अन्य बौद्धिक अपाङ्गता भएका भएका बालबालिका शिक्षाबाट बञ्चित हुँनुहुँदैन भनेर परिकल्पना गरेको सहर काठमाडौं हो भन्दै त्यो परिकल्पनालाई साकार बनाउन लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यवाहक मेयर डंगोलले वडा नं. २९ कावडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गरेकी हुन् । कार्यक्रममा अटिजम भएका बालबालिकाका अभिभाव दिलनाथ कँडेल, अटिजम केयर नेपाल सोसाइटीका डाक्टर सुनिता मलेखु अमात्य, अभियन्ता सविता उप्रेतीलगायतले पनि बोलको थिए । भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार ६०२ रुपियाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपियाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो । २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ । काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ । यस बेला महानगरपालिकाले निर्माण गर्ने यो भवन अटिजम भएका विद्यार्थीहरूको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकहरुको सहायताका लागि बहुउपयोगी विश्वास लिएको वडाध्यक्ष ढकालले उल्लेख गरे । भवनको भुमिगत तलामा ३० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ हुनेछ । जमिन तलामा खुला भाग, भ¥याङ् र लिफ्ट तथा भित्र पस्ने मुख्य ढोका हुनेछ । पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन् । चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष हुनेछ । पाँचौँ तलामा बार्दली हुनेछ । जमिन तलामा खेल्ने खुला भाग हुनेछ । लिफ्ट ८ जना क्षमताको हुनेछ । शौचालय तथा कोठाहरु पहुँचयुत्तः हुनेछन् ।
अटिजम भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न नै गलत हो : सुनिता डंगोल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






