Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अटिजमका बालबालिकाका लागि सरकारी विद्यालय बन्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अटिजमका बालबालिकाका लागि सरकारी विद्यालय बन्दै
Photo / Coverage: नेपालन्युज

काठमाडौं । अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास, पुनर्स्थापना तथा अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाले नेपालकै पहिलो सरकारी विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण सुरु गरेको छ। काठमाडौं महानगरपालिका–२९ मा निर्माण हुन लागेको पाँचतले भवनको बुधबार कार्यवाहक मेयर सुनीता डंगोलले शिलान्यास गरेकी हुन्। करिब १८ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण हुने भवनमा भूमिगत पार्किङ, खेल्ने स्थान, तालिम तथा प्रशिक्षण कक्ष, प्रशासन र अनुसन्धान कक्ष रहनेछन्। सुरुमा १० करोड ९१ लाख रुपैयाँ लागत अनुमान गरिएको भवन सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको महानगरपालिकाले जनाएको छ। निर्माण कार्य २०८४ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। शिलान्यास कार्यक्रममा कार्यवाहक मेयर डंगोलले अटिजम भएका बालबालिकाको शिक्षा र हेरचाहका लागि अभिभावकले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्न यो परियोजना महत्वपूर्ण हुने बताइन्। भवन निर्माण सम्पन्न हुँदासम्म विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि तयार गरिने उनको भनाइ छ। अभिभावकहरूले निजी क्षेत्रमा अटिजम भएका बालबालिकाको शिक्षा तथा थेरापीका लागि मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताएका छन्। महानगरपालिकाको पहलले आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत पुग्ने उनीहरूको अपेक्षा छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अटिजम भएका नागरिकको संख्या ४ हजार ८८६ रहेको छ। अटिजम भएका बालबालिकाका लागि आवश्यक शिक्षा, उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्न यो केन्द्र महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हिजाे ६५ सय घटेको सुनको भाउ आज बढ्यो
Latest NewsJust now

हिजाे ६५ सय घटेको सुनको भाउ आज बढ्यो

काठमाण्डु– आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी ३ […] ...

काठमाण्डुपाटी
कांग्रेसले नियमित महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश अधिवेशन मंसिर १४ र १५ गते सुर्खेतमा गर्ने
Latest NewsJust now

कांग्रेसले नियमित महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश अधिवेशन मंसिर १४ र १५ गते सुर्खेतमा गर्ने

• नेपाली कांग्रेसको कर्णाली प्रदेश अधिवेशन मंसिर १३ र १४ गते सुर्खेतमा हुने भएको छ। • अधिवेशनमा २,००० देखि २,५०० नेता–कार्यकर्ता र १,२०० प्रतिनिधि सहभागी हुनेछन्। • उद्घाटन शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ, र शशांक कोइराला, प्रकाशमान सिंहजस्ता नेताहरू पनि सहभागी हुनेछन्। ...

नेपालबहस
स्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउ
Latest NewsJust now

स्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौँ, मङ्सिर १० गते । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।काठमाडौँका जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २०... ...

गोरखापत्र
घरेलु मैदानमा कर्णालीको कमजोर प्रदर्शन, पुरुष फुटबलतर्फ लिग चरणबाटै बाहिरियो
Latest NewsJust now

घरेलु मैदानमा कर्णालीको कमजोर प्रदर्शन, पुरुष फुटबलतर्फ लिग चरणबाटै बाहिरियो

सुर्खेत । कर्णाली प्रदेश घरेलु मैदानमै कमजोर देखिएको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष फुटबल प्रतियोगिताको लिग चरणमा प्रवेश नगरी बाहिरिएको हो । बिहीबार तेस्रो दिनको पहिलो खेलमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement