Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अजरबैजानको अग्नि मन्दिरमा लेखिएको छ : श्री गणेशाय नमः, जान्नुहोस् इतिहास

अजरबैजानको अग्नि मन्दिरमा लेखिएको छ : श्री गणेशाय नमः, जान्नुहोस् इतिहास

Share:WhatsAppFacebookX (Twitter)Telegram
अजरबैजानको अग्नि मन्दिरमा लेखिएको छ : श्री गणेशाय नमः, जान्नुहोस् इतिहास

Getty Images युनेस्कोका अनुसार यहाँका भवनहरू १७औँ देखि १९औँ शताब्दीमा बनाइएका हुन् भारतीय विदेशमन्त्री एस जयशङ्करले अजरबैजान भ्रमणका क्रममा शुक्रवार त्यहाँको राजधानी बाकुस्थित आतेशगाह अग्नि मन्दिरको भ्रमण गरे। अनि तस्बिर पोस्ट गर्दै लेखे , "बाकुको ऐतिहासिक आतेशगाह अग्नि मन्दिरको भ्रमण गरेँ, जुन दुई देशका जनताबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको प्रतीक हो।"अजरबैजान क्यास्पियन सागरको तटमा अवस्थित एक सानो मुस्लिम बहुल देश हो।यो पहिले सोभियत सङ्घको हिस्सा थियो।अग्नि मन्दिर आतेशगाहमा देवनागरी लिपिमा श्री गणेशाय नमः लेखिएको छ।यसमा देवनागरी लिपिमा अन्य पाँच पङ्क्तिहरू पनि छन्, जसमा हिन्दू अग्नि देवी ज्वाला जीसहित अन्य देवी-देवताहरूको प्रार्थना गरिएको छ।बाकुस्थित भारतीय दूतावासका अनुसार आतेशगाहमा देवनागरी लिपिमा १८ वटा अभिलेख छन्। यीमध्ये अधिकांश भगवान् गणेशको वन्दनाबाट सुरु हुन्छन्। जबकि ज्वाला जीको एक दर्जनभन्दा बढी पटक उल्लेख गरिएको छ। अधिकांश अभिलेखहरूको सुरुवात ॐ श्री गणेशाय नमः बाट हुन्छन्।देवी ज्वाला जीको उल्लेख दर्जनभन्दा बढी पटक भएको छ।छवटा अभिलेखहरूमा हिन्दू धर्मको पवित्र स्वस्तिक चिन्ह छ। अग्नि वेदी र भारतीय अभिलेखहरूका लागि प्रसिद्ध उक्त मन्दिरले अबशेरोन प्रायद्वीपको अग्नि-पूजा परम्परा र भारतीय उपमहाद्वीपबाट पुग्ने व्यापारीहरूका अतिरिक्त तीर्थयात्रीहरू बीचको सम्बन्ध दर्साउँछ।मन्दिरको इतिहासयुनेस्कोको रिपोर्टका अनुसार मन्दिरको भौगोलिक परिवेशले यसको इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।अबशेरोन प्रायद्वीपमा जमिनबाट प्राकृतिक ग्याँस निस्किएकाले आगोको ज्वाला उठ्छ। त्यसले गर्दा यस ठाउँले धार्मिक महत्त्व पायो।यसको प्रारम्भिक इतिहासलाई पारसी धर्मसँग जोडिएको छ, तर आजसम्म रहेको मन्दिरको परिसर मुख्यतया धेरै पछिको निर्माण अवधिको हो।त्यसैले त्यस स्थानसँग सम्बन्धित प्राचीन धार्मिक मान्यता र त्यहाँ रहेका भवनहरू बनेको वास्तविक समयबीच भिन्नता छुट्टाउनु जरुरी छ।त्यहाँ १७ औँ शताब्दीमा तीर्थयात्रीहरूको आगमन फेरि बढ्न थाल्छ। भारतमा मस्जिद भत्काइँदा पाकिस्तानका मन्दिरमा कसरी पर्‍यो असरप्राचीन भारतका हिन्दू साँच्चै सहिष्णु थिए? आधिकारिक विवरणका अनुसार सन् १६८३ मा त्यहाँ पुगेका जर्मन पर्यटक एन्गेलबर्ट क्याम्फरले उल्लेख गरेअनुसार तीर्थयात्रीहरूले त्यही शताब्दीको मध्यतिर मन्दिरको पुनर्निर्माण सुरु गरेका थिए।निर्माण कार्य चलिरह्यो र १९ औँ शताब्दीको आरम्भमा मन्दिर परिसरले वर्तमान स्वरूप प्राप्त गरेको हो।अतेशगाहको भारतीय सम्बन्ध यसको प्रमुख विशेषताहरू मध्ये एक हो।युनेस्कोलाई बुझाइएको अजरबैजानको दस्ताबेजमा यसलाई मुल्तान भन्ने ठाउँका भक्तहरूका लागि तीर्थस्थल र दार्शनिक केन्द्रको रूपमा उल्लेख गरिएको छ।यी भक्तहरूले क्यास्पिअन क्षेत्रसँग पनि व्यापारिक कारोबार गर्दथे।मुल्तान अहिले पाकिस्तानमा पर्छ। तर त्यो व्यापक भारतीय उपमहाद्वीपको व्यापारिक र धार्मिक सञ्जालको हिस्सा थियो।भारतीय व्यापारी र तीर्थयात्रीहरूले त्यस परिसरको निर्माण र रेखदेखको लागि आर्थिक सहयोग दिए र त्यसको प्रयोग पनि गरे।त्यहाँका अभिलेखहरूमा हिन्दू र सिख परम्परासँग सम्बन्धित लेखहरू संस्कृत र पन्जाबी भाषामा लेखिएका छन्।हिन्दू प्रार्थनाहरूमा गणेश र शिवसहित विभिन्न देवताहरूको उल्लेख गरिएको पाइन्छ।'द श्राइन अफ डेथ' की लेखिका दिव्या कुमारले सन् २०१८ मा एक प्रमुख अङ्ग्रेजी अखबार द हिन्दूमा उक्त मन्दिरको बारेमा एउटा लेख लेखेकी थिइन्।"आतेशगाह इतिहास, भूमण्डलीकरण अनि युरोपसँग भारतीय उपमहाद्वीपबीचको सांस्कृतिक आदानप्रदानको रोचक ऐतिहासिक धरोहर हो, जसको इतिहास १६ औँ शताब्दीसम्म पुग्छ," उनले लेखेकी छन्। सियालकोट मन्दिरमा ७२ वर्षपछि पूजा, पाकिस्तानमा ११ सय हिन्दू धार्मिक स्थल अझै बन्दबाङ्ग्लादेशमा हिन्दू मन्दिरमा पहरा दिइरहेका मुस्लिमहरू दिव्या कुमारको लेखमा अजरबैजानलाई एशिया र युरोपलाई सिल्क मार्गको हिस्साको रूपमा प्रस्तुत गरिएको छ।"भारतीय उपमहाद्वीपका व्यापारीहरूले अबशेरोन प्रायद्वीपको 'जलिरहेको पृथ्वी' र 'अनन्त ज्वाला'बारेका किम्बदन्तीहरूको बारेमा जानकारी पाएका थिए भन्ने मत पाइन्छ," उनले लेखेकी छन्। "यो प्रायद्वीप प्राकृतिक अग्नि शिखाहरूको लागि प्रसिद्ध थियो। वास्तवमा, अजरबैजानलाई प्रायः 'आगोको भूमि' भनिन्छ। त्यसपछि १६औँ शताब्दीको अन्तिमका वर्षहरू र १७औँ शताब्दीको सुरुवातमा भारतीय पर्यटक र तीर्थयात्रीहरू त्यहाँ पुगे।"उनीहरूले आतेशगाहलाई अहिलेको स्वरूप दिए र गणेशसँगै शिवजस्ता आफ्ना देवी देवताहरू र पवित्र अग्निको आराधना गरेको लेखमा उल्लेख छ।आफूहरू अजरबैजानको राजधानी बाकुबाट २० किलोमिटरभन्दा पनि कम दूरीमा रहेको उक्त मन्दिर पुगेका बेला हावा निकै तीव्र रूपमा चलिरहेको र चारैतिर धुलो उडिरहेको उनले स्मरण गरेकी छन्।"बाकुलाई स्थानीय अजेरी भाषामा 'हावाको सहर' भनिन्छ। तर मन्दिर परिसरको बीचमा उच्च भागमा रहेको मुख्य अग्नि कुण्डमा तीव्र बगेको हावा चलिरहँदा पनि पवित्र ज्वाला निरन्तर बलिरहेको थियो," उनी लेख्छिन्। "केन्द्र भागमा बल्ने ज्वाला र छेउछाउका दुई गोलाकारमा बल्ने खुला आगोको निम्ति अहिले बाकुको मुख्य ग्यास पाइप लाइनबाट ग्याँस आपूर्ति गरिन्छ। तर सयौँ, सम्भवतः हजारौँ वर्षसम्म त्यो आगो प्राकृतिक रूपमै बलिरहेको थियो।"पारसी धर्मसँग जोडिएको उत्पत्तिदिव्या कुमारका अनुसार अजरबैजानको इतिहासमा अग्नि पूजकहरूले ती 'अनन्त ज्वाला'को पूजा गरेका छन्।त्यस क्षेत्रमा पुगेका यात्रीहरूको विवरणमा सातौँ शताब्दीसम्म उल्लेख छ। पारसी धर्मका अनुयायीहरूले भारतीय यात्रीहरू त्यहाँ पुग्नुभन्दा धेरै अघि नै अग्नि मन्दिरको पुरानो रूप बनाएको इतिहासकारहरूको विश्वास पाइन्छ।"सन् १९६९ मा मन्दिरको जीर्णोद्धारको क्रममा अहिलेको संरचनाको तल पुरानो भवनका केही भागहरू फेला परेका थिए। 'आतेशगाह' नाम फारसी भाषाबाट आएको हो, जसको अर्थ 'आगोको घर' हो," दिव्या कुमार लेख्छिन्। "पुरानो मन्दिर अहिलेको परिसरको सीमाभन्दा बाहिरसम्म फैलिएको हुन सक्ने सङ्केतहरू छन्। तर त्यसका अन्य अवशेषहरू सम्भवतः १९औँ शताब्दीबाट वरपरको जमिनमा तेल र ग्यास अन्वेषणको क्रममा नष्ट भएको हुनसक्छ।"युनेस्कोलाई बुझाएको अजरबैजानको दस्ताबेजका अनुसार सुराखानीमा पेट्रोलियम उद्योगसँग सम्बन्धित संरचनाहरूको विस्तारपछि सन् १८८३ मा मन्दिरमा पूजा बन्द भयो। त्यसपछि त्यो परिसरलाई सङ्ग्रहालयमा परिणत गरियो। मुस्लिम देश यूएईमा निर्मित 'भव्य हिन्दू मन्दिर' मा के छजहाँ हुन्छ मुस्लिमलाई हिन्दू तीर्थयात्रीको प्रतीक्षा यसलाई अहिले ऐतिहासिक-वास्तुकला सम्बन्धी संरक्षित क्षेत्रका रूपमा राखिएको छ।दिव्या कुमारले लेखेकी छिन्: "सौभाग्यवश, करिब ५०० वर्ष पुरानो मन्दिर अहिले पनि छ र यसले आफ्नो बहु सांस्कृतिक अतीतको निशानहरू जोगाएर राखेको छ। मन्दिरको केन्द्रीय अग्नि वेदीको संरचना पूर्ण रूपमा हिन्दू शैलीको छैन, बरु यो परम्परागत पारसी अग्नि वेदीहरूसँग पनि मिल्दोजुल्दो छ। मन्दिर परिसरमा अवस्थित एक अभिलेख पनि फारसी भाषामा छ।"उनका अनुसार अजरबैजानमा पारसी धर्मको प्रभाव प्राचीन हुनुका साथै गहिरो रूपमा जोडिएको छ। यो त्यस अवधिको विरासत हो जुन बेला इस्लामको आगमनभन्दा अघि त्यस क्षेत्रमा फारसी राजवंशहरूको शासन थियो।"आज पनि पारसी नयाँ वर्षको उत्सव नवरोज यहाँको चाडपर्वको क्यालेन्डरको एक मुख्य पर्व हो। इतिहासको विवरणअनुसार १९औँ शताब्दीमा अतेशगाह पनि बाँम्बेबाट पुग्ने पारसीहरूको तीर्थस्थल बनेको थियो," उनी लेख्छिन्, "उनीहरू यो भारतीय मन्दिरको भ्रमण गर्न आउँथे, जुन कुनै समय पारसी धर्मका अनुयायीहरूको आराधनास्थल थियो।"सन् १९६९ मा जीर्णोद्धार गरेपछि सन् १९७५ मा मन्दिरलाई सङ्ग्रहालयमा परिणत गरिएको थियो।यसलाई आधिकारिक रूपमा युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा सन् १९९८ मा समावेश गरिएको हो।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए
ताजा खबरJust now

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए

विराटनगर । सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा (बोट) पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका... ...

रातोपाटी
कात्तिक ११ गतेसम्म मौसम ठिकठाक, १२ गते वर्षा
ताजा खबरJust now

कात्तिक ११ गतेसम्म मौसम ठिकठाक, १२ गते वर्षा

काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक... ...

रातोपाटी
फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
ताजा खबरJust now

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

पेरिस, फ्रान्स । फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा ...

केन्द्रबिन्दु
एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
ताजा खबरJust now

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play