अगामी दशकलाई सामाजिक रूपान्तरणको दशक बनाउने गरी काँग्रेसले काम गर्नुपर्नेछः वरिष्ठ उपसभापति शर्मा

काठमाडाैँ । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले अगामी दशकलाई सामाजिक रूपान्तरणको दशक बनाउने गरी पार्टीले काम गर्नुपर्ने बताएका छन्। बिहीबार पार्टी मुख्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको शपथ ग्रहण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यमान सामाजिक विकृति र विभेद अन्त्यलाई प्राथमिकतामा राखेर पार्टीले योजनाअनुरुप काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले पार्टीका नवनिर्वाीचत केन्द्रिय सदस्यहरुलाई दौडधुपमा मात्र सिमित नभई जिम्मेवारीअनुसार परिणाममुखी काम गर्न आग्रह गरे । पार्टी केन्द्रको योजना र सभापतिको कार्ययोजनाअनुसार काम गर्नुपर्ने उनको भनाइ छ । शर्माले सामाजिक सञ्जालमा गलत सूचना आए विधिसम्मत प्रक्रियाबाट खण्डन गर्नुपर्ने तथा सामाजिक सञ्जाललाई समाज रूपान्तरणको माध्यम बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीभन्दा पहिले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने समेत उल्लेख गरे । उनले विश्वव्यापी जलवायु परिवर्तनको असर न्यूनिकरण, हिमाल संरक्षण र विदेशमा रहेका नेपालीका भावनालाई सम्बोधन गर्न सरकारसँग सहकार्य गर्न काँग्रेस तयार रहेको समेत बताए । उनले भने, “कोप ३१ आउँदै छ । सरकारको प्रस्तुति, सरकारको तयारी पूरा प्रमाणका साथ राम्रो ढङ्गले हुन सकोस् । जलवायु परिवर्तनसँग जुझ्दै गर्दा नेपालको हिमालको रक्षा गर्नुपर्ने सबैभन्दा प्रधान दायित्व छ । यो दायित्वमा जुध्नका लागि हामी सरकारको साथमा छौँ । हाम्रो देशका कयौँ नागरिक जीवन खोज्नलाई परदेशमा छन्, डायस्पोरामा छन् । तिनको भावनालाई पनि कसरी सम्बोधन गर्ने, हामी त्यो विषयमा पनि गम्भीर छौ । देशका सामुन्ने सामाजिक रूपान्तरणको असरल्ल मुद्दाहरूलाई हामीले काँधमा बोक्नु छ ।” उनले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन (कोप–३१)को लागि प्रभावकारी तयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

सहिद मुक्सन स्मृति भलिबल प्रतियोगिता मंसिरमा
प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ...

कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर दस्तुर पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप
काठमाडौं । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर दस्तुर पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप गरेको छ । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक ...

बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुरबाट करदाता सेवा सुरु
सिराज खाननेपालगन्ज, कात्तिक १२ गते । बाँकेको दुर्गम र पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकाबाट पहिलो पटक करदाता सेवा केन्द्रमार्फत सो क्षेत्रका करदातालाई औपचारिक रूपमा करदाता सेवा स... ...

युक्रेनमा रेलवे स्टेसनमा रुसी आक्रमण: १३ जनाको मृत्यु, १० जना घाइते
काठमाडौं– युक्रेनको निप्रो रेलवे स्टेसनको भीडभाड भएको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किँदा बिहीबार कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । त्यहाँ रेलहरू पार्क गरिएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई ‘भयानक’ बताउँदै रुसीहरूले ‘यात्रु रेल राखिएको’ प्लेटफर्ममा आक्रमण गरेको बताए । ‘दुर्भाग्यवश, अहिलेसम्म १३ जनाको मृत्यु पुष्टि भएको छ’, उनले युक्रेनी उद्धार सेवाका तस्बिरहरू पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ...


