Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

८७ वर्षीय कोरियालीले पेरुबाट ल्याए १५ करोडको कोकिन, लिन आएका भारतीयसहित ठमेलमा पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
८७ वर्षीय कोरियालीले पेरुबाट ल्याए १५ करोडको कोकिन, लिन आएका भारतीयसहित ठमेलमा पक्राउ
Photo / Coverage: पर्दाफास

पेरुबाट ३ किलो कोकिन नेपाल ल्याएर भारत लैजाने योजनामा संलग्न रहेको आरोपमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंसिर ११ गते काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित जीपी रोडको एक होटलबाट कोरियाली नागरिक सुक चोन लीलाई ३ किलो कोकिनसहित पक्राउ गरेको हो । ब्युरोका अनुसार लीले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर कोकिन लुकाएका थिए । उनले पेरुबाट उक्त कोकिन काठमाडौं ल्याएको र भारतीय नागरिकले यहाँबाट बुझेर मुम्बई लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कोकिन लिन काठमाडौं आएका भारतीय नागरिक दीपक उत्तम वाघमारे पनि सोही क्रममा पक्राउ परेका हुन् । उनको साथबाट मुम्बईको स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत बरामद भएको ब्युरोले जनाएको छ । अनुसन्धानका क्रममा कोरियाली नागरिक ली नोभेम्बर २६ मा पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नेपाल आएको खुलेको छ । उनी यसअघि पनि जुलाई १९ मा नेपाल आएर ठमेलकै एक होटलमा तीन दिन बसेपछि दक्षिण कोरिया फर्किएको प्रहरी अभिलेखबाट देखिएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार कोकिन लुकाइएको सुटकेस दिने र लिने क्रममा दुवै जनाले पासवर्ड प्रयोग गर्ने गरेको पाइएको छ । नेपाललाई लागुऔषध कारोबारको ट्रान्जिटका रूपमा प्रयोग गर्न सक्ने आशंकित विदेशी नागरिकको आपराधिक गतिविधिको विश्लेषण तथा निगरानी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । बरामद गरिएको ३ किलो कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ पर्ने ब्युरोले जनाएको छ । पक्राउ परेका दुवै जनाको साथबाट एक थान पासपोर्ट, एक थान आधार कार्ड र दुई थान मोबाइलसमेत बरामद गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
म्यान्मामा सैनिक हवाई आक्रमणमा ७० बढीको ज्यान गयो
OthersJust now

म्यान्मामा सैनिक हवाई आक्रमणमा ७० बढीको ज्यान गयो

१३ मङ्सिर, बैङ्कक (रासस/एपी)। म्यान्माको सेनाले दुई दिनमा गरेका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु भएको विपक्षी समूह, उद्धारकर्मी र सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन् । नोभेम्बर २८ मा शान राज्यको पेखोन क्षेत्रमा विवाहको तयारी भइरहेका बेला लडाकू विमानले बम खसाल्दा २१ सर्वसाधारणको मृत्यु र ३० जना… ...

अनलाइन खबर
पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको जित
OthersJust now

पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको जित

१३ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । आइतबार कालुङ्चोक मैदानमा भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७.४ ओभरमा ९६ रनमै समेटियो । कर्णालीका दिनेश रावतले २५ र अरविन्द घर्ती मगरले २३ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्… ...

अनलाइन खबर
पदीय मर्यादा मिचिएको भन्दै प्रदेश सांसद खातुन आक्रोशित
OthersJust now

पदीय मर्यादा मिचिएको भन्दै प्रदेश सांसद खातुन आक्रोशित

गोलबजार उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारीहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा मधेश प्रदेशसभा सदस्य साहिदा खातुनले आफ्नो पदीय मर्यादा ख्याल नगरेको भन्दै आक्रोश पोखेकी छन्। ...

अनलाइन खबर
महिला बास्केटबल : फुल कोर्टतर्फ एपीएफ र थ्री अन थ्रीमा आर्मी च्याम्पियन
OthersJust now

महिला बास्केटबल : फुल कोर्टतर्फ एपीएफ र थ्री अन थ्रीमा आर्मी च्याम्पियन

१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टतर्फ सशस्त्र प्रहरी बल (एपीएफ) र थ्री अन थ्रीतर्फ नेपाल आर्मी च्याम्पियन बनेका छन् । दुवै टोली प्रतियोगिताभर अपराजित रहे । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा आइतबार भएको फुल कोर्टको फाइनलमा एपीएफले आर्मीलाई ५७–२९ अंकले पराजित गर्‍यो । एपीएफकी मिरा गुरुङले सर्वाधिक १७… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement