Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/७ देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

७ देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

11/1/2026, 11:10:05 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
७ देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

काठमाडौँ । पछिल्लो समय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गनेस ले नेपालको पर्यटन प्रबर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् । जस अनुसार नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् । फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव विश्वभरका दर्शकमाझ पुर्‍याउने उद्देश्यले उनीहरुलाई नेपाल बोलाइएको हो । उनीहरूमध्ये यूएई र ट्युनिसियाका क्रिएटर ३ जना फ्लाई दुबईको विमानबाट सिधैं पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरूलाई नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल, बोर्डकै वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्‌का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीका अध्यक्ष संगिता पौडेललगायतले स्वागत गरेका थिए । त्यसैगरी अन्य क्रिएटरहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा बोर्डका वरिष्ठ अधिकृतद्वय कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरेका थिए । यस कार्यक्रमअन्तर्गत क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी त्यहाँका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधिसम्बन्धी भिडियो तथा डिजिटल सामग्री उत्पादन गर्नेछन् । उनीहरूले टिकटकसहितका सामाजिक सञ्जालमार्फत ती सामग्री सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताएका छन् । एनटीबी र टिकटकबीच यसअघि सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहकार्यअन्तर्गत सुरु गरिएको ‘#LifetimeExperiences’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वभरका दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले भने, “अभियानमा अन्तर्राष्ट्रिय तथा नेपाली कन्टेन्ट क्रिएटरलाई सहभागी गराउने र उनीहरूलाई नेपालका विभिन्न गन्तव्यको अनुभव गराएर सामग्री उत्पादन गर्न प्रोत्साहित गरिनेछ । यसरी उत्पादन गरिएका सामग्रीहरुलाई टिकटकमार्फत् प्रबर्द्धन गरिने छ ।” यस सहकार्यलाई प्रभावकारी बनाउन सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिइएको वरिष्ठ प्रबन्धक थपलियाले बताए । यसअघि गत जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो । उक्त कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत गन्तव्य प्रवर्द्धनका लागि प्रशिक्षण दिइएको थियो । यसपटकको भ्रमणमा सहभागी हुने क्रिएटरहरूमध्ये बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाकी बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी र यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन् । फ्रान्सका जेरेमी ब्युडेट चितवन पुगेर त्यहाँको वन्यजन्तु, निकुञ्ज तथा थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभवलाई समेट्नेछन् । त्यसैगरी पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन् । भ्रमणका क्रममा क्रिएटरहरूले सम्बन्धित गन्तव्यका प्राकृतिक तथा सांस्कृतिक विशेषतासँगै स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र पर्यटकले लिन सक्ने मौलिक अनुभवलाई समेत समेटेर सामग्री उत्पादन गर्ने वरिष्ठ प्रबन्धक थपलियाको भनाइ छ । डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको प्रचार गर्ने अभियानले वास्तविक यात्राका अनुभव, दृश्य र व्यक्तिगत कथामार्फत सम्भावित पर्यटकलाई आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय टिकटकमा प्रसारण हुने छोटा भिडियोले नयाँ गन्तव्यको पहिचान विस्तार गर्नुका साथै पर्यटकहरुलाई गन्तव्यको यात्राका लागि निर्णयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्म र सिर्जनात्मक सामग्रीको प्रयोगलाई प्राथमिकता दिँदै आएको बोर्डले अन्तर्राष्ट्रिय क्रिएटरसँगको सहकार्यलाई नेपालको पर्यटन कथा विश्व बजारमा पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ । यसबाट पोखरा, चितवन र बर्दियाजस्ता स्थापित तथा सम्भावनायुक्त गन्तव्यको अन्तर्राष्ट्रिय प्रबर्द्धनमा टेवा पुग्‍नुका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्‍याउने यो पहलले डिजिटल पर्यटन प्रवर्द्धनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो
ताजा खबरJust now

बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो

काठमाडौं । बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका करिब १६ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा पासवान घाइते भएका थिए। उनलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। नेशनल मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको बाराका प्रहरी उपरीक्षक (एसपी) ...

केन्द्रबिन्दु
महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन
ताजा खबरJust now

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा, कात्तिक १५ गते । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएक... ...

गोरखापत्र
सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा
ताजा खबरJust now

सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यो आर्थिक वर्षको पहिला त्रैमासिकमा १३५ परिसरलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ । भूमि समस्या समाधान समिति (ताहाचल) ले चालु... ...

रातोपाटी
टाटा मोटर्सले किन्यो इटालीको इभेकोको ८९.४२ प्रतिशत शेयर
ताजा खबरJust now

टाटा मोटर्सले किन्यो इटालीको इभेकोको ८९.४२ प्रतिशत शेयर

काठमाडौं । भारतको चर्चित सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सले इटालीको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी इभेकोको अधिकांश शेयर खरिद गरेको छ । टाटा मोटर्सले करिब ३ अर्ब ४३ करोड युरो खर्च गरेर इभेकोको ८९.४२ प्रतिशत शेयर आफ्नो स्वामित्वमा लिएको हो । शुक्रबार शेयर हस्तान्तरणको पहिलो प्रक्रिया पूरा भएसँगै इभेको टाटा मोटर्सको सहायक कम्पनी बनेको छ । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play