Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

भक्तपुर । भक्तपुरको यातामा आयोजित ४६औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) शनिबार साँझ सम्पन्न भएको छ । नेपाल संवत् ११४६ को अवसरमा ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नारासहित शुक्रबारदेखि सुरु भएको सम्मेलनमा भाषा, साहित्य, कला, संस्कृति तथा समसामयिक सामाजिक र राजनीतिक विषयमा छलफल गरिएको थियो । समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्न अध्ययन, अनुसन्धान र व्यावहारिक अनुभवलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । राजनीतिक क्षमता पार्टी सदस्यताबाट मात्र पुष्टि नहुने उल्लेख गर्दै उहाँले व्यक्तिको ज्ञान, योग्यता र कार्यक्षमताका आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सम्मेलनका क्रममा किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु आशालाल खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई सम्मान गरिएको थियो । सम्मेलनको पहिलो दिन कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी र ‘मुकुण्डो’ पुस्तकका लेखक वीणा जोशी सम्मानित हुनुभएको थियो । दुई दिनसम्म चलेको सम्मेलनमा नेपालभाषाका कविता, कथा तथा निबन्ध वाचन गरिएको थियो । यसका साथै प्रतियोगितात्मक साहित्यिक प्रस्तुति, नाटक, गीत, नृत्य र विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएका थिए । सम्मेलनका अवसरमा ‘तःमुंज्या’ स्मारिका पनि विमोचन गरिएको आयोजकले जनाएको छ । नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदैआएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ । साथै, नयाँ पुस्तालाई साहित्य सिर्जना तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन प्रेरित गर्ने उद्देश्यसमेत सम्मेलनले राख्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
ताजा खबरJust now

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष... ...

रातोपाटी
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
ताजा खबरJust now

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश... ...

रातोपाटी
झोलुङ्गे पुल मर्मत नहुँदा जोखिम बढ्दै
ताजा खबरJust now

झोलुङ्गे पुल मर्मत नहुँदा जोखिम बढ्दै

चन्द्रपुर समाचारदाता चन्द्रपुर (रौतहट), कात्तिक ८ गते । रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा निर्मित बानेश्वरनाथ झोलुङ्गे पुलको मर्मत नहुँदा जोखिम बढ्दै... ...

गोरखापत्र
पाकिस्तानमा बस र मिनीबस ठोक्किँदा १२ को मृत्यु, २० बढी घाइते
ताजा खबरJust now

पाकिस्तानमा बस र मिनीबस ठोक्किँदा १२ को मृत्यु, २० बढी घाइते

बस र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play