Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

१४२ रन बनाउने खेलाडी वैकल्पिकमा, कोशीको क्रिकेट छनोट विवादमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
१४२ रन बनाउने खेलाडी वैकल्पिकमा, कोशीको क्रिकेट छनोट विवादमा
Photo / Coverage: नेपालन्युज

विराटनगर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशबाट गरिएको क्रिकेट खेलाडी छनोट विवादमा परेको छ । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई वैकल्पिकमा राखेर तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्ने खेलाडीलाई मुख्य टोलीमा समावेश गरिएको भन्दै पूर्वराष्ट्रिय खेलाडीहरूले छनोट समितिको निर्णयमाथि प्रश्न उठाएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा हुने प्रतियोगिताका लागि कोशीबाट १४ जना नियमित र चार जना वैकल्पिक खेलाडी छनोट गरिएको छ । तर, खेलाडीको प्रदर्शनभन्दा व्यक्तिगत निकटता र सम्बन्धलाई प्राथमिकता दिएर छनोट गरिएको पूर्वराष्ट्रिय खेलाडीहरूको आरोप छ । प्रदेश खेलकुद विकास बोर्डले खेलाडी छनोटको जिम्मेवारी प्रादेशिक क्रिकेट संघ, कोशीलाई दिएको थियो । संघले अन्तरराष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समितिमा लोहनीसहित मोहम्मद ताहिर र कुन्दन सिंह (कुनाल) खतिवडा सदस्य थिए । सोही समितिले गरेको छनोटलाई लिएर विवाद चुलिएको हो । सात पटक राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका पूर्वराष्ट्रिय खेलाडी विधान चन्द गोस्वामीले छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई पाखा लगाइएको आरोप लगाए । उनका अनुसार छनोट चरणमा राम्रो प्रदर्शन गरेका खेलाडी वैकल्पिकमा परेका छन् भने तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्ने खेलाडी मुख्य टोलीमा समेटिएका छन् । ‘छनोट भएका १४ जना खेलाडीको नाम हेर्दा हामी नै आश्चर्यमा पर्‍यौँ । छनोट भएकाभन्दा राम्रो खेल्ने खेलाडीलाई वैकल्पिकमा राखिएको छ,’ गोस्वामीले भने, ‘झापाका भुपाल डंगालले टी–२० छनोट चरणका तीन खेलमा १४२ रन बनाएका थिए । उनको उच्च स्कोर ९१ रन थियो । दुई खेलमा उनी अविजित रहे पनि वैकल्पिकमा राखियो ।’ उनले मुख्य टोलीमा परेका कृति कामतले दुई खेलमा जम्मा २८ रन बनाएको तर १४२ रन बनाउने भुपाल वैकल्पिकमा परेको भन्दै छनोटको आधारमाथि प्रश्न उठाए । त्यस्तै, मुख्य टोलीमा परेका सोनु अन्सारीले दुई खेलमा २९ रन मात्रै बनाएको अवस्थामा झापाका रवीन्द्र यादव छनोटमा नपरेको गोस्वामीको भनाइ छ । रवीन्द्रले तीन खेलमा ५३ बल सामना गर्दै ७५ रन बनाएका थिए । ‘रवीन्द्र र भुपालजस्ता खेलाडीलाई बाहिर राखेर आफू निकटका खेलाडीलाई प्राथमिकता दिइएको देखिन्छ,’ उनले भने, ‘यस्तो छनोटले राष्ट्रिय प्रतियोगितामा कोशीको प्रदर्शनमा असर पार्न सक्छ ।’ गोस्वामीले मुख्य टोलीमा परेका सोनु अन्सारी छनोट समितिका संयोजक सिद्धान्त लोहनीसँग निकट रहेको र क्लबस्तरका प्रतियोगितामा लोहनीकै क्लबबाट खेल्ने गरेको दाबी गरे । त्यस्तै, साकिप हकले छनोट चरणका दुई खेलमा ४० रन मात्रै बनाएको र छनोट समितिका सदस्य कुन्दन सिंहसँग निकट रहेकै कारण टोलीमा परेको चर्चा रहेको उनले बताए । साकिप सहभागी मोरङको टोली छनोट चरणको सेमिफाइनलमा सुनसरीसँग पराजित भएको थियो । छनोट प्रक्रियाबारे प्रदेश खेलकुद विकास बोर्डलाई समेत जानकारी गराउँदा सुनुवाइ नभएको गोस्वामीको गुनासो छ । ‘कोशी प्रदेशको क्रिकेट विकासका लागि हामीले यो विषय बाहिर ल्याउनुपरेको हो,’ उनले भने । यता, प्रदेश खेलकुद विकास बोर्डका सदस्य टीकाराम पुरी र छनोट समितिका संयोजक सिद्धान्त लोहनीसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । दुवै जनाले फोन उठाएनन् । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले भने क्रिकेट संयोजक र छनोट समितिले सिफारिस गरेका खेलाडीको नामावलीका आधारमा बोर्डले टोली सार्वजनिक गरेको बताए । ‘खेलाडी छनोटका लागि हामीले संयोजक तोकेका थियौँ । उहाँहरूले खेल खेलाएर छनोट गरेको आधारमा नाम पठाउनुभएको भनिएको छ,’ घोषले भने, ‘यदि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छुटाइएका रहेछन् भने यस विषयमा हामी थप बुझ्नेछौँ ।’ कोशी प्रदेशबाट छनोट भएको टोलीमा सुजन थपलिया (कप्तान), अंकित सुवेदी, रितेस रोय (विकेटकिपर), साकिप हक, फिरदोष अन्सारी, दिपेश कँडेल, विपिन महतो, प्रतिक पोखरेल, सोनु मण्डल, प्रेम कामत, समिर कार्की, कृति कामत, मेहबुक इराकी र सोनु अन्सारी छन् । वैकल्पिक खेलाडीमा भुपाल डंगाल, विजय कार्की, सवर्ण किस्कु र रोहन साह छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन कोशी प्रदेशको टोली सोमबार विराटनगरबाट सुर्खेत प्रस्थान गरेको छ । प्रतियोगिताअन्तर्गत कोशीले मंसिर ८ गते बागमती प्रदेशसँग पहिलो खेल खेल्ने तालिका छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ताज होटलमै हुन्छ प्रधानमन्त्री बालेन र विदेशमन्त्री जयशंकरबीच वार्ता
Latest NewsJust now

ताज होटलमै हुन्छ प्रधानमन्त्री बालेन र विदेशमन्त्री जयशंकरबीच वार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगिसकेका छन् । आइतबार उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य, उद्योग तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले स्वागत... ...

रातोपाटी
प्रधानमन्त्री बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने प्रवक्ता खरेलको विश्वास [भिडियो]
Latest NewsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने प्रवक्ता खरेलको विश्वास [भिडियो]

प्रधानमन्त्री वालेन्द्र साह बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् । ...

हाम्राकुरा
विदेशी दबाब र प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष बनाइयो : लिङ्देन
Latest NewsJust now

विदेशी दबाब र प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष बनाइयो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाएका छन् । आइतबार नेपाल सनातन... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा

सुदूरपश्चिम – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आईतबारदेखि सुरु भएको भारतको राजकीय भ्रमणमा ‘हवाई कनेक्टिभिटी’ विस्तारका विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पनि पुन: चर्चामा आएको छ । भारतसँग यस विषयमा सहमति जुटे पश्चिम नेपालको हवाई सम्पर्क सहज हुने र त्यसबाट सुदूरपश्चिमले भविष्यमा लाभ लिनसक्ने अपेक्षा गरिएको छ । नेपालले भैरहवास्थित गौतम बुद्ध […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement