Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
Photo / Coverage: पर्दाफास

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ। चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मातातीर्थ–चोभार खण्डबाट सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोक क्षेत्रतर्फ र छवटा कीर्तिपुर तथा आसपासका क्षेत्रतर्फ विस्तार गरिएका छन् । फिडरहरूलाई क्रमशः चार्ज गरी स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार सबस्टेसनको अनुगमन गरी ११ केभी फिडरहरू तत्काल चार्ज गरेर विद्युत् भार (लोड) स्थानान्तरणको काम अघि बढाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए । कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने बताए । उनले हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग बढ्ने भएकाले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसनले आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्युत् भार स्थानान्तरणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिए । चोभार सबस्टेसन सञ्चालनमा आएसँगै स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत् भारको केही हिस्सा चोभार सबस्टेसनमा स्थानान्तरण गरिनेछ । यसबाट विद्यमान सबस्टेसनहरूको भार व्यवस्थापनमा सहयोग पुग्नुका साथै काठमाडौं उपत्यकाको समग्र विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य अवरोधका कारण काम अघि बढाउन कठिनाइ भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२÷११ केभी सबस्टेसन निर्माण गरिएको हो । चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ । यी संरचना निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप सुदृढ हुनेछ । चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो । एसियाली विकास बैंक (एडीबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवाको दाबी– कांग्रेसको आधिकारिकता हामीले नै पाउँछौँ, म फेरि सभापति बन्दिनँ
OthersJust now

देउवाको दाबी– कांग्रेसको आधिकारिकता हामीले नै पाउँछौँ, म फेरि सभापति बन्दिनँ

पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक आफुहरुले पाउने दाबी गरेका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समुहको प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उहाले कांग्रेसको आधिकारिकता आफुहरुले पाउने दाबी गरेका हुन् । उनले भने,‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ, अदालतमा बिचाराधिन रहेको मुद्धामा धेरै वहस नगरौं, तर अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वस्त छु । अहिले ...

पर्दाफास
साउदी अरेबियामा आफ्नो सेना पठाउँदै पाकिस्तान
OthersJust now

साउदी अरेबियामा आफ्नो सेना पठाउँदै पाकिस्तान

साउदी अरबमा पाकिस्तानी सैनिकको तैनाथी दुई देशबीच लामो समयदेखि कायम रणनीतिक साझेदारी र भ्रातृत्वपूर्ण सम्बन्धको हिस्सा भएको उल्लेख छ । ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता
OthersJust now

१०औं राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता

१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले खाता खालेको छ । आइतबार सम्पन्न महिला बास्केटबल (३×३) विधातर्फको फाइनल खेलमा कर्णाली प्रदेशले रजत पदक हात पारेको हो । यस विधा अन्तर्गतको खेलमा नेपाल आर्मीले १३ अंकसहित स्वर्ण पदक हात पार्दा कर्णालीले ९ अकंसहित रजत पदक हात पारेको हो । यो कर्णालीका लागि पहिलो पदक… ...

अनलाइन खबर
फण्डाको प्रचारले ‘क का कि की’लाई फाइदा कि घाटा ?
OthersJust now

फण्डाको प्रचारले ‘क का कि की’लाई फाइदा कि घाटा ?

हास्य शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको फिल्म ‘क का कि की’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । विक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिकामा छन् । टिकटकमा चर्चित मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारीलगायत कलाकार पनि फिल्ममा आबद्ध छन् ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement