Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

देउवाको दाबी– कांग्रेसको आधिकारिकता हामीले नै पाउँछौँ, म फेरि सभापति बन्दिनँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवाको दाबी– कांग्रेसको आधिकारिकता हामीले नै पाउँछौँ, म फेरि सभापति बन्दिनँ
Photo / Coverage: पर्दाफास

पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक आफुहरुले पाउने दाबी गरेका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समुहको प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उहाले कांग्रेसको आधिकारिकता आफुहरुले पाउने दाबी गरेका हुन् । उनले भने,‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ, अदालतमा बिचाराधिन रहेको मुद्धामा धेरै वहस नगरौं, तर अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वस्त छु । अहिले कांग्रेसको सभापति मनै हुँ, महाधिवेशन पछाडि अर्को साथी सभापति रुपमा आउनुहुन्छ’ साथै उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए । न्यायालयप्रति विश्वास रहेको भन्दै पार्टीको आधिकारिकता आफुहरुले पाउने बताए । उनले देशका जनता र कांग्रेस पार्टीले आफुलाई पाँचपटक सम्म प्रधानमन्त्री बनाएको बताउँदै अब आफुलाई केही नचाहिएको बताए । उनले भने, यो पार्टी र देशका जनताले मलाई धेरै दिइसक्यो, अब मैले देश र जनतालाई दिन बाँकी छ । अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री ।’ प्रदेश अधिवेशनलाई डा. शंशाक कोइराला लगायतका नेताहरुले समेत सम्बोधन गरेका थिए । यसअघि देउवा समुहको सुर्खेत जिल्ला महाधिवेशन सम्पन्न भइसकेको छ । सभापतिमा ललित भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । देउवा समुहले कर्णालीको सभापति पनि निर्विरोध निर्वाचित गर्ने बताएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एपीएफ महिला क्रिकेटको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
OthersJust now

एपीएफ महिला क्रिकेटको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

१३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुर्खेतमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ४१ रनले पराजित गर्दै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । एपीएफले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । एपीएफले दिएको १३७ रनको लक्ष्य पछ्याएको बागमतीले ८ विकेट गुमाएर… ...

अनलाइन खबर
प्रियंकाको यादमा निक जोनस, छोरीसँग थ्याङ्क्सगिभिङ मनाउँदै
OthersJust now

प्रियंकाको यादमा निक जोनस, छोरीसँग थ्याङ्क्सगिभिङ मनाउँदै

अभिनेत्री प्रियंका चोपडा अहिले आगामी फिल्म ‘वाराणसी’ का कारण चर्चामा छिन् । फिल्मको प्रदर्शनअघि उनी अर्को फिल्म ‘ब्लुफ्लाई’ को छायांकनमा व्यस्त छिन्। यसैबीच, उनका पति निक जोनसले प्रियंकालाई सम्झिएका छन् । प्रियंका अस्ट्रेलियामा फिल्मको छायांकन गरिरहेकाले निकले छोरी मालती मेरी चोपडा जोनस र परिवारका अन्य सदस्यसँग थ्याङ्क्सगिभिङ मनाएका छन् । नोभेम्बर २९ मा उनले सामाजिक… ...

अनलाइन खबर
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
OthersJust now

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ। चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मातातीर्थ–चोभार खण्डबाट सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न ११ केभीका नौवटा ...

पर्दाफास
साउदी अरेबियामा आफ्नो सेना पठाउँदै पाकिस्तान
OthersJust now

साउदी अरेबियामा आफ्नो सेना पठाउँदै पाकिस्तान

साउदी अरबमा पाकिस्तानी सैनिकको तैनाथी दुई देशबीच लामो समयदेखि कायम रणनीतिक साझेदारी र भ्रातृत्वपूर्ण सम्बन्धको हिस्सा भएको उल्लेख छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement