Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

१३ देखि १५ वर्षका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने सरकारको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
१३ देखि १५ वर्षका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने सरकारको प्रस्ताव
Photo / Coverage: पर्दाफास

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको आर्थिक, सामाजिक र बालबालिकाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै १३ देखि १५ वर्षसम्मका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने प्रस्ताव गरिएको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले अहिले नेपालमा ११ लाख बालबालिका श्रममा रहेको तथ्यांक उल्लेख गर्दै ती बालबालिकालाई श्रमबाट बाहिर निकाल्ने उद्देश्यले नै विधेयक ल्याइएको दाबी पनि गरे । उनले बालबालिकालाई विद्यालयबाट निकालेर श्रममा लगाउने सरकारको उद्देश्य नभएको पनि स्पष्ट पारे । बालबालिकाको पारिवारिक आर्थिक अवस्था तथा अभिभावकविहीन बालबालिकाको संरक्षण क्षमाता राज्यसँग छ कि छैन भन्नेकुरा मुख्य भएको उनको भनाइ छ । मन्त्री यादवले बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाउनुपर्ने भएपनि वर्तमान परिस्थितिमा त्यसले मात्रै समस्या समाधान नहुने बताए । सोही कुरालाई मध्यनजर गर्दै सरकारले १३ देखि बालबालिकालाई निश्चित सर्तसहित हलुका काममा मात्र संलग्न गराउने प्रस्ताव गरिएको उनले बताए । उनले बालबालिकालाई श्रममा लगाउनुअघि बालबालिकाले शिक्षा, स्वास्थ्यलगायत आधारभूत अधिकार प्राप्त गरेका छन् वा छैनन् भन्ने सुनिश्चित गर्नुपर्नेमा जोड दिए । प्रश्तावित विधेयकमा बालश्रम निषेध तथा नियमनसँगै बालबालिकाको उद्धार, पुनःस्थापना र पुनःएकीकरणसम्बन्धी व्यवस्था समेत समेटिएको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दानबहादुरलाई पदबाट हटाउने सरकारको निर्णय यथावत, अन्तरिम आदेश अस्वीकार
OthersJust now

दानबहादुरलाई पदबाट हटाउने सरकारको निर्णय यथावत, अन्तरिम आदेश अस्वीकार

९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दाको अन्तिम समयमा नै त्यसबारे निर्णय हुने भनी आदेश गरेको हो । ...

अनलाइन खबर
मुख्यमन्त्री कार्कीले दुःख सुनाए, नेकपाले भन्यो- सरकार फेर्न परे आफ्नै नेतृत्वमा जान्छौं
OthersJust now

मुख्यमन्त्री कार्कीले दुःख सुनाए, नेकपाले भन्यो- सरकार फेर्न परे आफ्नै नेतृत्वमा जान्छौं

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी अस्थिरताको खेलमा नरहेको बताउँदै एमालेको आन्तरिक किचलोका कारण सरकार फेर्न परे नेकपाकै नेतृत्वमा सरकार बनाउने बताए । ...

अनलाइन खबर
दानबहादुर कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो
OthersJust now

दानबहादुर कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो

९ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकबाट गैरकानूनी रुपमा हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार दुवै पक्षको छलफल सकिएको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा रिट निवेदक कार्कीका कानून व्यवसायी, महान्यायाधीवक्ता सहित सरकारी वकिलहरु अनि नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका कानून व्यवसायीहरुले बहस गरेका हुन् । बहस सकिएपछि… ...

अनलाइन खबर
पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै पत्रकार महासंघको प्रदर्शन
OthersJust now

पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै पत्रकार महासंघको प्रदर्शन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यसमितिको सर्कुलरअनुसार देशव्यापी आन्दोलनअन्तर्गत बुधवार जनकपुरधाममा पत्रकारहरूले सामुहिक गिरफ्तारीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर विरोध ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement