ह्यारी केनले जिते बालोन डी’ओर

काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २००१ पछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेर इतिहास रचेका छन् । बायर्न म्युनिखका ३३ वर्षीय स्ट्राइकर केनलाई लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित गरिएको हो । यसअघि माइकल ओवेनले सन् २००१ मा यो अवार्ड जितेका थिए । केन बालोन डी’ओर जित्ने पाँचौँ इंग्लिस खेलाडी बनेका छन् । यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए । यसपटक फ्रान्सका किलियन एम्बाप्पे दोस्रो र स्पेनका लामिन यमाल तेस्रो स्थानमा रहे । केनले गत सिजन बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गरेका थिए । इंग्ल्यान्डका लागि गरेको गोलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ गोलका लागि सहयोग गरेका थिए । बायर्नका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका केनले जर्मन बुन्डेसलिगामा ३६ र च्याम्पियन्स लिगमा १४ गोल गरेका थिए । व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहे पनि केनले गत सिजन विश्वकप र च्याम्पियन्स लिगको उपाधि जित्न सकेका थिएनन् । उनले बायर्नबाट जर्मन घरेलु दुई उपाधि जितेका थिए । उपाधिभन्दा व्यक्तिगत प्रदर्शन र गोल सङ्ख्यालाई प्राथमिकता दिँदै उनलाई बालोन डी’ओर प्रदान गरिएको हो । अवार्ड जितेपछि केनले आफ्नो करिअरमा धेरै उतारचढाव आएको र निरन्तर मेहनत तथा आत्मविश्वासका कारण सफलता प्राप्त गरेको बताएका छन् । इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले केनको उपलब्धिलाई ठूलो सम्मान भनेका छन् भने राजकुमार विलियमले उनलाई उत्कृष्ट कप्तान र असाधारण खेलाडीका रूपमा प्रशंसा गरेका छन् । The post ह्यारी केनले जिते बालोन डी’ओर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

आहा हिमश्रृङ्खला (फोटो फिचर)
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) कात्तिक १० गते । धनकुटाको पाख्रीबासस्थित राम्चेडाँडाबाट मनमोहक हिमश्रृङ्खला देखिएको छ । पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीय स्थलका रुपमा चिनिने पा... ...

असोजमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमन दुई हजार ४१६ ले बढेको हो । आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार असोजमा दक्षिण एसियाली मुलुकबाट १२ हजार ६४५ र अन्य देशबाट २० […] ...

पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !
विराटनगर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई आक्रामक रूपमा अगाडि बढाएको हो । परम्परागत राजनीतिक... ...

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा... ...


