Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन कांग्रेसको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन कांग्रेसको माग
Photo / Coverage: नेपालन्युज

काठमाडौं । नेपाली कांग्रेसले सुकुम्बासीलाई राखिएका होल्डिङ सेन्टर खाली गराउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वासको व्यवस्था गर्न माग गरेको हो। सरकारले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीलाई मंसिर ११ गते शनिबारसम्म स्थान खाली गर्न सूचना जारी गरेको छ। भक्तपुर जिल्ला प्रशासन कार्यालयमार्फत जारी उक्त सूचनाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले जारी गरेको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारहरूको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछ।’ कांग्रेसले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय तथा दीर्घकालीन उपायबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। ‘सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ पार्टीले आफ्नो निर्णयमा उल्लेख गरेको छ। चार दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकको अर्को सत्र शुक्रबार बिहान साढे ८ बजे बस्नेछ। यसैबीच, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्थाबारे समन्वय र सहजीकरण गर्न कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वमुख्यसचिव अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीको दाबी
Latest NewsJust now

पूर्वमुख्यसचिव अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीको दाबी

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ । यद्यपि, गृह मन्त्रालय... ...

रातोपाटी
कुवेतमा इरानले गर्‍यो आक्रमण, दुई जनाको मृत्यु, दुई घाइते
Latest NewsJust now

कुवेतमा इरानले गर्‍यो आक्रमण, दुई जनाको मृत्यु, दुई घाइते

बिहीबार कुवेतमा इरानले ड्रोन प्रहार गर्दा दुई जना इटालियन नागरिकको मृत्यु भएको छ। आक्रमणमा एक पाकिस्तानी र एक कुवेती नागरिक घाइते पनि भएका छन्। इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले दुई नागरिकको मृत्यु पुष्टि गरेका छन्। रोयटर्सका अनुसार दुवै जना जर्मन रक्षा कम्पनी राइनमेटलका प्राविधिक थिए। कुवेतको रक्षा मन्त्रालयले सेनाले देशको हवाई क्षेत्रमा धेरै... ...

नेपालखबर
राप्रपा सुध्रिएर एकताबद्ध भए निर्विकल्प राजनीतिक शक्ति बन्न सक्छ : राजेन्द्र लिङ्देन
Latest NewsJust now

राप्रपा सुध्रिएर एकताबद्ध भए निर्विकल्प राजनीतिक शक्ति बन्न सक्छ : राजेन्द्र लिङ्देन

• राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको विकृति र निष्क्रियता अन्त्य गर्दै सुशासन र निष्ठासहित अघि बढ्न आग्रह गरेका छन्। • आगामी महाधिवेशनको तयारीमा पार्टीलाई क्रियाशील र अनुशासित बनाउनुपर्नेमा जोड दिएका छन्। • पार्टीको नेतृत्वले एकता र प्रतिबद्धतासहित अघि बढ्नुपर्ने र भ्रष्टाचारविरुद्ध कठोर अडान लिने प्रतिबद्धता व्यक्त गरिएको छ। ...

नेपालबहस
चिल्ड्रेन हेभन र रिब्स सेमिफाइनलमा
Latest NewsJust now

चिल्ड्रेन हेभन र रिब्स सेमिफाइनलमा

बौद्ध चिल्ड्रेन हेभन र रिब्स टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १८ औं संस्करणको सिनियर गर्ल्समा बिहीबार सेमिफाइनल पुगेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement