Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ। क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ। “दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको निधन भएको छ। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा प्राधिकरण हार्दिक समवेदना व्यक्त गर्दछौं”, विज्ञप्तिमा भनिएको छ। दुर्घटनामा घाइते भएका न्यूजील्याण्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना समेत गरिएको छ। आज बिहान ८ः१२ बजे सोलुखुम्बुको फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टीको नाइन एन—एओडी र फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टरहरू दुर्घटनामा परेका थिए। दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार दुई विदेशी नागरिक सवार थिए। दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा ल्याइएको छ। साथै मृतक भारतीय नागरिकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको क्यानले जानकारी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विमान दुर्घटनाप्रति   गहिरो दुःख व्यक्त
Latest NewsJust now

विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे क्षेत्रमा आज बिहान भएको विमान दुर्घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको... ...

गोरखापत्र
लुम्बिनीद्वारा पोखरालाई ब्याटिङको निम्तो
Latest NewsJust now

लुम्बिनीद्वारा पोखरालाई ब्याटिङको निम्तो

कप्तान रोहित पौडेलले कीर्तिपुरमा टस जितेपछि पोखरालाई ब्याटिङको निम्तो दिएका छन्, जहाँ लुम्बिनी शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ। ...

कान्तिपुर
कर्मचारी सरुवामा विभेद भएको भन्दै कालो कपडाले मुख ढाकेर प्रदर्शन
Latest NewsJust now

कर्मचारी सरुवामा विभेद भएको भन्दै कालो कपडाले मुख ढाकेर प्रदर्शन

जनकपुरधाम । मधेस प्रदेश सरकारले हालै गरेको कर्मचारी सरुवामा विभेद र चलखेल भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरूले प्रदेश सरकारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन् । मंगलबार जनकपुरधामस्थित... ...

रातोपाटी
भारतीय राजदूत दलेला आइपुगे काठमाडौं
Latest NewsJust now

भारतीय राजदूत दलेला आइपुगे काठमाडौं

काठमाडौं।नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। भारतले गत असोज ३० गते दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो। भारतीय विदेश सेवाका वरिष्ठ कूटनीतिज्ञ दलेलाले सन् १९९३ मा सेवामा प्रवेश गरेका थिए। उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, स्विट्जरल्यान्ड र भुटानलगायतका देशमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play