Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

हिमालयन रि–इन्स्योरेन्सको नाफा ५७.८२ प्रतिशत घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालयन रि–इन्स्योरेन्सको नाफा ५७.८२ प्रतिशत घट्यो
Photo / Coverage: कर्पोरट खबर

हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५७.८२ प्रतिशतले घटेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जनमा समेत गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १ करोड १० लाख ९ हजार रुपैयाँ रहेको खुद आर्जित बीमाशुल्क चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ५९ करोड १ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ। यसअनुसार कम्पनीको खुद बीमाशुल्क आर्जन ४१.६२ प्रतिशतले घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब २४ करोड ७२ लाख ४७ हजार रुपैयाँ रहेको कुल आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ७९ करोड ६० लाख ६९ हजार रुपैयाँमा झरेको छ। यससँगै कम्पनीको कुल आम्दानी ३६.१७ प्रतिशतले संकुचित भएको छ। कम्पनीको कुल खर्च पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ३ लाख ५३ हजार रुपैयाँ रहेको कुल खर्च समीक्षा अवधिमा घटेर ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँ कायम भएको छ। यसअनुसार कुल खर्च २७.९४ प्रतिशतले घटेको छ। कम्पनीको कमिसन खर्चमा समेत कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म २३ करोड ९ लाख ६९ हजार रुपैयाँ रहेको कमिसन खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १२ करोड २७ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ। यसअनुसार कमिसन खर्च ४६.८६ प्रतिशतले घटेको छ। त्यस्तै, कम्पनीले दाबी भुक्तानीमा पनि अघिल्लो वर्षको तुलनामा कम रकम खर्च गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५४ करोड ३० लाख ९४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २० करोड २२ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ। यसअनुसार कुल दाबी भुक्तानी ६२.७६ प्रतिशतले घटेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ ५ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ३ रुपैयाँ ८२ पैसामा सीमित भएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ०८ पैसा रहेको छ। कम्पनीको चुक्तापुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ। त्यस्तै, विपत्ति कोषमा १४ करोड ४४ लाख १५ हजार रुपैयाँ र बीमा कोषमा ८३ करोड ४६ लाख ८६ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। The post हिमालयन रि–इन्स्योरेन्सको नाफा ५७.८२ प्रतिशत घट्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि
Latest NewsJust now

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि

सोल । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा अक्टोबर महिनामा उल्लेखनीय वृद्धि... ...

रातोपाटी
तमोरको बगरमा ड्रागन फ्रुट खेती
Latest NewsJust now

तमोरको बगरमा ड्रागन फ्रुट खेती

धनकुटा । उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्नसके कम उत्पादन दिने जमिनबाटसमेत राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीको प्रयासले दिएको छ... ...

रातोपाटी
बझाङमा अटो दुर्घटना, चार जनाको मृत्यु
Latest NewsJust now

बझाङमा अटो दुर्घटना, चार जनाको मृत्यु

बझाङ । बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना बालक घाइते भएका छन्। जिल्लाको बुंगल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडकमा सोमबार बिहान अटो दुर्घटना भएको... ...

रातोपाटी
मुस्ताङको ठिनी खोला पुल उद्घाटन
Latest NewsJust now

मुस्ताङको ठिनी खोला पुल उद्घाटन

मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले रु चार करोड ४६ लाखको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play