हिमालय टाइम्स समाचार प्रभाव : खैरुलको घर पुगे सांसद, बालबालिकाको पढाइमा सहयोग गर्ने प्रतिबद्धता

राजविराज । श्रीमानको मृत्युपछि पाँच छोरी र एक छोराको पालनपोषण तथा शिक्षाको जिम्मेवारी सम्हालिरहेकी सप्तरीको कञ्चनरूप नगरपालिका–९, रघुनाथपुरकी खैरुल खातुनको परिवारप्रति जनप्रतिनिधि र समाजसेवीले चासो देखाउनुभएकाे छ । हिमालय टाइम्स राष्ट्रिय दैनिकमा खैरुलको पारिवारिक अवस्था र बालबालिकाको पढाइ प्रभावित भएको विषयमा समाचार प्रकाशित भएपछि प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्ण र सप्तरी क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य पुष्पा चौधरी उहाँकाे घर पुगेका हुन् । सांसद कर्ण शुक्रबार र सांसद चौधरी आइतबार खैरुलको घर पुगेर परिवारको अवस्था बुझ्नुभएकाे थियाे । हिमालय टाइम्समा गत असोज २६ गते अनलाइन र २७ गते पत्रिकामा ‘श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको चिन्तामा खैरुल, रोकियो बालबालिकाको पढाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारमा परिवारको आर्थिक संकट र बालबालिकाको शिक्षामा परेको समस्याबारे उल्लेख गरिएको थियो । खैरुलका ३८ वर्षीय श्रीमान् मोहम्मद बसिरको विषालु सर्पको डसाइबाट मृत्यु भएको थियो । मजदुरी गरेर परिवारको खर्च जुटाउँदै आएका बसिरको निधनपछि परिवारको नियमित आम्दानीको स्रोत गुमेको छ । त्यसपछि खैरुल पाँच छोरी र एक छोराको पालनपोषणको जिम्मेवारी एक्लै सम्हालिरहनुभएकाे छ । खैरुलका १६ वर्षीया आश्मा, १४ वर्षीया मरियम, १२ वर्षीया नाजो, आठ वर्षीया हलीमा, छ वर्षीया फत्मा र चार वर्षीय छोरा मोहम्मद नजिर हुनुहुन्छ । नियमित आम्दानी नहुँदा परिवारलाई दैनिक खर्च जुटाउन र बालबालिकाको पढाइलाई निरन्तरता दिन कठिन भइरहेको छ । सांसद पुष्पा चौधरीले परिवारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ। सामाजिक अभियन्ता तथा समाजसेवी माधव चौधरीले पनि परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनुभयाे । जनप्रतिनिधि र समाजसेवीले चासो देखाउँदै सहयोगको प्रतिबद्धता जनाए पनि परिवारले वास्तविक रूपमा कस्तो र कति सहयोग पाउने भन्ने स्पष्ट भइसकेको छैन । आर्थिक अभावका कारण प्रभावित बालबालिकाको पढाइ पुनः सञ्चालन गर्न र परिवारको आधारभूत आवश्यकता पूरा गर्न सहयोग आवश्यक देखिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नेकपाको जागरण अभियान : घटेको जनमत बढाउने, सकेसम्म सदस्य थप्ने र नविकरणमा जोड दिइने
• नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीका लागि दुईमहिने जागरण अभियान सुरु गरेको छ। • अभियानमार्फत सदस्यता नवीकरण, जनसम्बन्ध सुदृढीकरण र उम्मेदवार छनोटमा जनताको अपेक्षाअनुसार जोड दिइनेछ। • महँगी, कालाबजारी र सरकारका जनविरोधी कामविरुद्ध जनतालाई जागरुक बनाउँदै आन्दोलनको तयारी गर्ने नेकपाको योजना छ। ...

डाक्टर केसीद्वारा सत्याग्रहको चेतावनी, सरकारलाई दुई दिनको अल्टिमेटम
काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले थप दुई दिनको अल्टिमेटम दिँदै आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन्। केसीले सोमबार बिहान एक प्रेस विज्ञप्ति जारी गरी सरकारलाई दुई दिनको अल्टिमेटम थप गरी माग पूरा गर्न सम्झाएका हुन्। केसीले २ कात्तिकमा विभिन्न चार बुँदे माग राख्दै पूरा गर्न सरकारलाई एक साताको समय दिएका थिए। एक साताको अवधि पूरा हुँदा आफ्ना मागबारे सरकार ...

जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ
सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले... ...

हेटौँडामा कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
• मकवानपुरको हेटौँडामा चेकपोइन्ट नजिकबाट १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातु बरामद गरिएको छ। • प्रहरीले कारमा सवार चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा एक भारतीय चालक र उनका परिवारका सदस्य छन्। • बरामद गरिएको धातुको वास्तविकता पुष्टि गर्न परीक्षण भइरहेको छ। ...


