Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा
Photo / Coverage: नेपालन्युज

टर्की।नेपालले नेपाल, भारत र चीनको नेतृत्वमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र समर्थन अपेक्षा गरेको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्। भेटमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा सीमापार चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ। गत अगस्ट २६ मा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोग तथा माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी र हिमताल जोखिमसम्बन्धी नियमित सूचना आदानप्रदानप्रति उनले आभार व्यक्त गरेकी थिइन्। मन्त्री चौधरीले कोप–३१ को निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने, तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नु पर्ने तथा जलवायु अनुकूलनका लागि पर्याप्त वित्त सुनिश्चित गर्नुपर्ने नेपालको धारणा प्रस्तुत गरिन्। उनले नवीकरणीय ऊर्जा, विद्युतीय यातायात र स्वच्छ प्रविधिको विकासमा चीनले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै दुई देशबीच जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन्। उनले चिनियाँ मन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक वर्षदेखि गोठमा एक्लै बस्दै आएका वृद्ध जलेकाे अवस्थमा मृत फेला
Latest NewsJust now

एक वर्षदेखि गोठमा एक्लै बस्दै आएका वृद्ध जलेकाे अवस्थमा मृत फेला

खोटाङ । खोटाङमा गोठमा लागेको आगोमा जलेर ७० वर्षीय वृद्धको मृत्यु भएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका धिरजबहादुर राई बुधबार रातमाटेस्थित आफ्नै गोठमा मृत फेला परेका हुन् । परिवारबाट अलग्गिएर करिब एक वर्षदेखि एक्लै गोठमा बस्दै आएका राईले त्यहीँ सुन्तलाखेती र सुँगुरपालन गर्दै आएका थिए । आफूले अगेनामा बालेको आगो गोठमा सल्किएपछि जलेर उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष ...

केन्द्रबिन्दु
भिसाको समस्या भएपछि नेपालले मिस युनिभर्समा भाग नलिने
Latest NewsJust now

भिसाको समस्या भएपछि नेपालले मिस युनिभर्समा भाग नलिने

काठमाडौँ । अमेरिकी भिसाको समस्या भएपछि नेपालले यस वर्षको मिस युनिभर्समा भाग नलिने भएको छ । मिस युनिभर्स नेपालकी कार्यक्रम संयोजक संगीता पुरीले रातोपाटीसँग कुराकानी गर्दै सो जानकारी दिएकी हुन्... ...

रातोपाटी
मुन्धुमको पुस्तान्तरणका लागि नयाँ शब्द निर्माण अनिवार्य : वैरागी काइँला
Latest NewsJust now

मुन्धुमको पुस्तान्तरणका लागि नयाँ शब्द निर्माण अनिवार्य : वैरागी काइँला

ललितपुर । वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्‍याउन परम्परागत शब्द निर्माण पद्धतिलाई निरन्तरता दिँदै नयाँ शब्द र अभिव्यक्तिको सिर्जना गर्नुपर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित ‘याक्थुङ... ...

रातोपाटी
मोरङमा २२ जना फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

मोरङमा २२ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play