Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै

हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै

कर्णाली।भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर माथिल्लो डोल्पाको यात्रामा हिँडेका भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा अलपत्र परेका थिए। अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिइन्। उनले भनिन्, “अहिले नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारको पहल भइरहेको छ। पर्यटकहरु फसेको ठाउँमा नेटवर्क नभएका कारण फोन सम्पर्क हुन सकेको छैन। उनीहरु शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सम्पर्कमा रहेका छन्।” माथिल्लो डोल्पामा यही कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइए पनि उनीह अटेरी गर्दै त्यसतर्फ गएका थिए। प्रमुख जिल्ला अधिकारी ढकालले मौसम प्रतिकूलताका कारण सिर्जना भएका र हुन सक्ने जोखिमबाट सजग, सतर्क र सुरक्षित रहन सबैमा अनुरोध गरेकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखराले टस जितेर बलिङ रोज्यो
Latest NewsJust now

पोखराले टस जितेर बलिङ रोज्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा पोखरा एभेन्जर्सले टस जितेर पहिले... ...

रातोपाटी
चैत यता १२० कम्पनीलाई कालोसूचीमा राखियो, सार्वजनिक खरिदबारे ७१२ जना कर्मचारीलाई तालिम
Latest NewsJust now

चैत यता १२० कम्पनीलाई कालोसूचीमा राखियो, सार्वजनिक खरिदबारे ७१२ जना कर्मचारीलाई तालिम

• प्रधानमन्त्री कार्यालयले सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउन १२० वटा फर्म र कम्पनीलाई कालोसूचीमा राखेको छ। • सार्वजनिक खरिद प्रणालीमा सुधार गर्दै पारदर्शिता र प्रतिस्पर्धात्मकता बढाउन विभिन्न कानुनी संशोधन र तालिम कार्यक्रमहरू लागू गरिएको छ। • खरिद प्रक्रियामा संलग्न ७१२ जना कर्मचारीलाई क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको छ। ...

नेपालबहस
दुई राउन्ड हवाई फायर गरेर ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
Latest NewsJust now

दुई राउन्ड हवाई फायर गरेर ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

जानु पाण्डेकपिलवस्तु, कात्तिक १६ गते । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीमा लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । लागु औषध कारोबार भ... ...

गोरखापत्र
न्यायाधीशमाथि सत्तारुढको महाभियोग प्रस्ताव तयारीबारे के भन्छन् विपक्षी ?
Latest NewsJust now

न्यायाधीशमाथि सत्तारुढको महाभियोग प्रस्ताव तयारीबारे के भन्छन् विपक्षी ?

काठमाडौं । सत्तारुढ दल रास्वपा न्याय दिने न्यायाधीशहरू नै गम्भीर विचलन र अनुचित साँठगाँठमा मुछिएको निष्कर्षका साथ न्यायालय सुधार र पुनर्संरचनाको कदम चाल्ने निर्णयमा पुगेको छ । नागरिकको आस्थाको केन्द्र न्यायालयको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play