हर्मुज जलमार्गमा ७ वटा जहाजमा आक्रमण भएको इरानको दाबी

काठमाडौं । इरानले हर्मुज जलमार्गमा ७ वटा तेल ट्याङ्करमा आक्रमण भएको र तिनमा क्षति पुगेको दाबी गरेको छ । गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध शुरू गरेयता हर्मुज जलमार्गमा एकै दिनमा भएको यो सबैभन्दा ठूलो क्षति रहेको समाचार संस्था अलजजीराले जनाएको छ । यसैबीच इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स’ (आईआरजीसी) ले अमेरिकाले ट्याङ्करहरूलाई हर्मुज जलमार्गको अरू भाग भएर जान मद्दत गर्ने कदम चालेमा मध्यपूर्वमा रहेका उसका आधारहरूमाथि आक्रमण गर्न सकिने चेतावनी दिएको छ । इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण रहेको दाबी गर्छ । युद्ध शुरू हुनुअघि विश्वमा खपत हुने कुल तेल र ग्यासको पाँच भागको एक भाग अर्थात् २० प्रतिशत यही मार्गबाट ढुवानी हुने गथ्र्याे । आफ्नो अनुमतिविना यस जलमार्गबाट अघि बढ्ने प्रयास गर्ने जहाजहरूमाथि इरानले नियमित रूपमा आक्रमण गर्ने गरेको छ । तर अमेरिकी सेनाले हर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई सुरक्षा प्रदान गर्ने क्रम बढाएको छ जसको जवाफमा इरानले आक्रमणहरू तीव्र पारेको छ । The post हर्मुज जलमार्गमा ७ वटा जहाजमा आक्रमण भएको इरानको दाबी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

मधेसमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश
आदेशमा भाषिक न्याय तथा समावेशी शासनका सिद्धान्तलाई पनि महत्त्व दिइएको छ। ...

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका-६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो। ...

दसैँ गीतका जन्मकथा
दसैँको नवरात्र सुरु भइसकेको थियो। काठमाडौँको पशुपति क्षेत्रमा कोही चाडको किनमेल सकेर घर फर्कंदै थिए, कोही गाउँ जाने तयारीमा थिए। त्यही बेला पशुपति क्षेत्रमा नियमित हिँडडुल गर्ने गीतकार प्रेमबहादुर बस्नेतको नजर एक कुनामा रोइरहेका दुई व्यक्तिमाथि पर्यो। उनी नजिक गए र रुनुको कारण सोधे। ती मानिसको पीडा दसैँसँग जोडिएको थियो। उनीहरूले हरेक वर्ष एउटा खसी वा च्याङ्ग्रा किनेर मासु आधा-आधा बाँड्ने ...

हिमपातमा बेपत्ता तीन सय सात पशुको २७ दिनपछि जीवितै उद्धार
चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । ...


