Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हनी सिंहसँग साइबर सेलको दुई घण्टा बयान

हनी सिंहसँग साइबर सेलको दुई घण्टा बयान

Share:WhatsAppFacebookX (Twitter)Telegram
हनी सिंहसँग साइबर सेलको दुई घण्टा बयान

काठमाडौं । भारतीय गायक तथा र्‍यापर यो यो हनी सिंह महाराष्ट्र साइबर सेलमा उपस्थित भएर आपत्तिजनक टिप्पणीसम्बन्धी आरोपमा बयान दिएका छन् । शुक्रबार, साइबर सेलको कार्यालय पुगेका उनीसँग करिब दुई घण्टा सोधपुछ गरिएको थियो । कार्यक्रममा कथित अश्लील तथा महिलालाई अपमान गर्ने टिप्पणी गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो । यसअघि उनी तीनपटक सोधपुछका लागि उपस्थित नभएको र विदेशमा रहेको जानकारी गराएको साइबर सेलले जनाएको छ । अक्टोबर ५ मा उपस्थित हुन नसकेपछि उनले थप समय मागेका थिए । अक्टोबर २२ मा उपस्थित हुन दिएको उनको निवेदनसमेत अस्वीकार गरिएको थियो । निर्धारित समयमा उपस्थित नभए उनीविरुद्ध देश छाड्न रोक लगाउने सूचना जारी गर्ने प्रक्रिया अघि बढाउन सकिने अधिकारीहरूले चेतावनी दिएका थिए । तर हनी सिंह अक्टोबर १६ मै उपस्थित भएपछि उनीसँग बयान लिइएको हो । यो विवाद सन् २०२५ मार्च १ मा दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित सांगीतिक कार्यक्रमसँग सम्बन्धित छ । कार्यक्रममा उनले गरेको भनिएको टिप्पणीलाई लिएर उजुरी परेको थियो । अप्रिल २ मा भएको सुनुवाइका क्रममा अदालतले विवादित गीतलाई महिलाप्रति अत्यन्त अश्लील, आपत्तिजनक र अपमानजनक भएको टिप्पणी गरेको थियो । अधिवक्ता रुपाली पनवारले उक्त गीत युट्युबलगायत सामाजिक सञ्जालमा उपलब्ध रहेकाले बालबालिकामा समेत नकारात्मक असर पर्न सक्ने भन्दै तत्काल हटाउन माग गरेकी थिइन् । विवाद बढेपछि हनी सिंहले भिडियो सन्देश जारी गर्दै माफी मागेका थिए । उनले सार्वजनिक भएको भिडियोको अंशलाई प्रस्तुत गरिएको तरिकाले मानिसहरूलाई चोट पुगेको बताएका थिए । आफूले कसैलाई अपमान गर्ने वा दुःखी बनाउने उद्देश्य नराखेको उनको भनाइ थियो । उनले युवा दर्शकलाई सन्देश दिने प्रयास गरेको भए पनि त्यसलाई व्यक्त गर्ने आफ्नो शैली धेरैलाई अनुचित लागेको स्वीकार गरेका थिए । हनी सिंह यसअघि आफ्नो पुरानो गीत ‘भोल्युम १’ का कारण पनि विवादमा परेका थिए । हिन्दू शक्ति दल नामक संस्थाले सन् २०२५ मार्च १ मा दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित कार्यक्रममा उनले गीतका केही पङ्क्ति गाएको भन्दै आपत्ति जनाएको थियो । यस विषयमा दिल्ली उच्च अदालतले सन् २०२६ अप्रिलमा उक्त गीतसँग सम्बन्धित सामग्रीका लिङ्क सामाजिक सञ्जाल तथा फाइल आदानप्रदान गर्ने माध्यमबाट हटाउन निर्देशन दिएको थियो । त्यसपछि मे महिनामा अदालतले हनी सिंहलाई यस विषयमा शपथपत्र पेस गर्नसमेत भनेको थियो । यस घटनामा महाराष्ट्र साइबर सेलको अनुसन्धान जारी रहेको छ । अनुसन्धानका थप विवरण सार्वजनिक गरिएको छैन । The post हनी सिंहसँग साइबर सेलको दुई घण्टा बयान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने
ताजा खबरJust now

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने

ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । ...

हाम्राकुरा
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
ताजा खबरJust now

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार... ...

रातोपाटी
गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही ...

नेपालन्युज
‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'
ताजा खबरJust now

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'

काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play