Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। यसैक्रममा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग थप छलफल भएको छ। यसअघि पनि मन्त्री मेहताको नेतृत्वमा सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग चरणबद्ध रूपमा छलफल हुँदै आएको छ। मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयकलाई छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ। प्रस्तावित संशोधनमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने विषयलाई प्राथमिकता दिइएको छ। त्यसैगरी, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्तावित सुधारमा समेटिएका छन्। स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्चको व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारलाई अघि बढाएको मन्त्री मेहताले बताइन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘सीआईडी’ का इन्स्पेक्टर विवेकको फरक यात्रा, अभिनय छाडेर शिक्षा र व्यापार रणनीतिमा रमाउँदै
Latest NewsJust now

‘सीआईडी’ का इन्स्पेक्टर विवेकको फरक यात्रा, अभिनय छाडेर शिक्षा र व्यापार रणनीतिमा रमाउँदै

मुम्बई । लोकप्रिय अपराध धारावाहिक ‘सीआईडी’ मा इन्स्पेक्टर विवेकको भूमिकाबाट दर्शकमाझ चिनिएका विवेक मश्रुले अभिनय क्षेत्र छाडेर फरक यात्रा रोजे। धारावाहिकको लोकप्रियता कायमै रहे पनि उनले अभिनयबाट टाढिँदै उच्च शिक्षा अध्ययन... ...

रातोपाटी
आफ्नी छोरीको बिहेमा लाखौं पाहुनालाई भोज खुवाएका अनन्त सिंह अब जेल जानुपर्ने
Latest NewsJust now

आफ्नी छोरीको बिहेमा लाखौं पाहुनालाई भोज खुवाएका अनन्त सिंह अब जेल जानुपर्ने

काठमाडौं । भारतको बिहारको मोकामाका विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह भव्य समारोहका बीच सम्पन्न भएको छ। नोभेम्बर २५ मा पटना जिल्लाको नदवाँस्थित पैतृक गाउँमा भएको विवाहमा लाखौँ मानिस सहभागी भएका थिए। राजनीतिक नेता, मन्त्री, सांसद, भोजपुरी तथा बलिउड कलाकार र गायकहरूको उपस्थितिले विवाह समारोह चर्चामा रह्यो। यही विवाहमा सहभागी हुन अनन्त सिंहलाई सर्वोच्च अदालतले दुलारचन्द यादव हत्या ...

केन्द्रबिन्दु
शङ्खुमा पहेँलपुर भएर फुलेको तोरीबाली
Latest NewsJust now

शङ्खुमा पहेँलपुर भएर फुलेको तोरीबाली

• ललितपुरको कोन्ज्योसोम गाउँपालिका-२, शङ्खुमा तोरीबाली फलेको छ। • तोरीबालीको फुल्ने अवस्था देखाइएको छ। • तस्बिरमा घनश्याम श्रेष्ठले तोरीबालीको दृश्य कैद गरेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement