Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग सो विधेयकका बारेमा छलफल गरेकी छन् । मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार पारेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयकलाई छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । प्रस्तावित संशोधन विधेयकमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने विषयलाई प्राथमिकतामा राखिएको छ । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्तावित सुधारमा समेटिएका छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्चको व्यवस्थापनमा मात्रै सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अघि बढाएको मन्त्री मेहताले जानकारी दिइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो
OthersJust now

मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो

सलमान खानको फिल्म ‘मातृभूमि–मे वार रेस्ट इन पिस’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी अभिनेत्री तान्या देसाईका लागि यो ठूलो अवसर हो । भारतीय अखबार दैनिक भास्करसँगको कुराकानीमा उनले सलमानसँग काम गर्दाको अनुभव सुनाएकी छिन् । तान्याका अनुसार सलमान सेटमा सबै कलाकारलाई सहज महसुस गराउँछन् र सबैलाई समान सम्मान दिन्छन् । उनले फिल्ममा आफ्नो भूमिका, सलमानको… ...

अनलाइन खबर
देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने
OthersJust now

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ । २१–२३ मंसिरमा काठमाडौंमा हुने भनिएको १५औं महाधिवेशनमा देउवा समूहले केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको हो । १५औं नियमित महाधिवेशन तयारी समितिअन्तगर्तको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले जानकारी दिए… ...

अनलाइन खबर
‘दिलरुबा दिलनसिन’ फेम्ड गायक रीतो गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर’
OthersJust now

‘दिलरुबा दिलनसिन’ फेम्ड गायक रीतो गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर’

‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेजस्तै यतिबेला रीतो रिबाको गीतले तुफान पैदा गरिदिएको छ । ‘दिलरुबा दिलनसिन’ गीत सामाजिक सञ्जाललाई तरङ्गित बनाउँदै सबैतिर फैलिएको छ । यस गीतले माहोल कस्तोसम्म बनाइदिएको छ भने, गीत बज्नासाथ शरीरका अवयवहरू त्यसैत्यसै नाच्न थाल्छन् । यो गीत उसैको सिर्जना हो, जो चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को शीर्ष उपाधि नजिक नपुग्दै… ...

अनलाइन खबर
लगानीकर्ताले किन लगेनन् १ अर्ब २० करोड लाभांश ? बर्सेनि कोष बढ्छ, उपयोग हुँदैन
OthersJust now

लगानीकर्ताले किन लगेनन् १ अर्ब २० करोड लाभांश ? बर्सेनि कोष बढ्छ, उपयोग हुँदैन

५ वर्षसम्म पनि लगानीकर्ताले लाभांश लगेनन् भने पब्लिक कम्पनीहरूले लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्छ, कोषमा सवा अर्ब जम्मा भएको छ, लगानीकर्ता सचेतनामा गर्नुपर्ने यसको ब्याज रकमको खर्च सरकारले जथाभावी गरिरहेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement