काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध १८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले पहिलो विकेट गुमाएको छ । कर्णालीका कप्तान सोमपाल कामीले काठमाडौंका ओपनर डेभिड वार्नरलाई आउट गरेका हुन् । वार्नर ९ बलमा १६ रन बनाएर पभेलियन फर्किए । उनले आफ्नो इनिङ्समा तीन चौका प्रहार गरेका थिए । दुई ओभरको खेल सकिँदा काठमाडौंले एक विकेट गुमाएर २६ रन बनाएको छ । स्मित पटेल दुई बलमा एक रन बनाएर क्रिजमा छन् । काठमाडौंलाई जितका लागि अब १०८ बलमा १५५ रन आवश्यक छ ।
सोमपालले लिए वार्नरको विकेट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






