नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली आज नेपाल आएको छ । विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ । सो सैन्य अभ्यास यही मङ्सिर ९ देखि २२ गतेसम्म सञ्चालन हुने बताइएको छ । उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाका तर्फबाट ज्वालादल गण सहभागी हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ ।
सैन्य अभ्यास ‘सूर्य किरण’ सुरु हुँदै, भारतीय सैनिक टोली नेपालमा

Read Complete Original Article
Published originally on पर्दाफास






