सेयर बजार ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४ अंकमा पुगेको छ । यो परिसूचक साउन ३० यताकै उच्च हो । बुधबार २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको घटेको छ । त्यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बजारमा कारोबार रकमसमेत बढेको छ । मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम भदौ ३० यताकै उच्च हो । बुधबार जलविद्युत् समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त समूहको परिसूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ । व्यापार समूहबाहेक सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, वित्त १.५५ प्रतिशत, होटल तथा पर्यटन १.३४ प्रतिशत, लगानी १.५२ प्रतिशत र जीवन बीमा समूह १.५९ प्रतिशतले बढेका छन् । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशत, लघुवित्त ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेका छन् । व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ । बुधबार हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको मूल्य १०.६० प्रतिशतले बढेको छ । त्यस्तै, सुपर खुदी हाइड्रोपावरको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत, युनियन हाइड्रोपावरको ५.८६ प्रतिशत, सान्जेनको ५.८१ प्रतिशत, स्वस्तिक लघुवित्तको ५.६७ प्रतिशत र होटल फरेस्ट इनको सेयर मूल्य ५.४१ प्रतिशतले बढेको छ । यस दिन सिर्जनशील लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ । चिरख्वा हाइड्रोपावरको २.१२ प्रतिशत र माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशतले मूल्य घटेको छ । बुधबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी अग्रस्थानमा रहेको छ । त्यसपछि घलेम्दी हाइड्रोपावर, बुटवल पावर कम्पनी, अपि पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक क्रमशः अगाडि रहेका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

स्पेनमा तिव्र गतिका दुई ट्रेन ठोक्किदाँ कम्तिमा ३० जनाको मृत्यु
रेल सञ्चालक कम्पनी ‘अदिफ’ का अनुसार यस दुर्घटनापछि उक्त मुख्य रेलमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । दुर्घटनाको यकिन कारण र हताहत हुनेहरूको पूर्ण विवरण भने अझै आइसकेको छैन । ...

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता, विदेशमा रकम पठाउन सहज हुने
काठमाडौँ। एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण (फन्ड ट्रान्सफर) सेवालाई थप प्रभावकारी र सहज बनाउन विश्वप्रसिद्ध डिजिटल भुक्तानी संस्था भिजासँग सम्झौता गरेको छ। बैंकले आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई विस्तार गर्ने उद्देश्यसहित... ...
![विपद्को कृषि तथा वातावरणीय क्षतिको तथ्याङ्क सार्वजनिक गर्न माग [भिडियो]](https://hamrakura.com/uploads/news/images/samsadd-11-07.jpg)
विपद्को कृषि तथा वातावरणीय क्षतिको तथ्याङ्क सार्वजनिक गर्न माग [भिडियो]
भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद् आएको एकदेखि दुई महिना बितिसक्दा ...

नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढ्यो
काठमाडौं।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अंकले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अंकले बढेर १८४ दशमलव ७३ मा पुगेको ...


