Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सेभियामाथि रियल म्याड्रिडको शानदार जित

सेभियामाथि रियल म्याड्रिडको शानदार जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेभियामाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले सेभियालाई ४–१ गोलले पराजित गरेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो । रियलका लागि आर्दा गुलेरले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । किलियन एम्बाप्पेले ३७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएपछि रियलले पहिलो हाफमा २–० ले अघि रहेको थियो। दोस्रो हाफमा पनि रियलले आक्रामक खेललाई निरन्तरता दिएको थियो । एम्बाप्पेले ६३औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३–० को अग्रता बनाएको थियो । सेभियाका मानु बुएनोले ८०औँ मिनेटमा गोल गर्दै अन्तर घटाएका थिए । तर, त्यसको दुई मिनेटपछि यान डियोमान्डेले गोल गरेपछि रियल मड्रिडले ४–१ को जित सुनिश्चित गरेको थियो । यस जितसँगै रियल मड्रिडले ला लिगामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । रियलको ९ खेलमा २१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै सेभियाको ९ खेलमा १४ अंक रहेको छ भने लिगमा छैटौं स्थानमा रहेको छ । अब रियल म्याड्रिडले ला लिगाको एल क्लासिको अन्तर्गत आइतबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । The post सेभियामाथि रियल म्याड्रिडको शानदार जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु
ताजा खबरJust now

बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु

रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन्। आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका ...

केन्द्रबिन्दु
घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु
ताजा खबरJust now

घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु

रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन... ...

रातोपाटी
उपल्लो मुस्ताङमा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
ताजा खबरJust now

उपल्लो मुस्ताङमा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक २ गते । उपल्लो मुस्ताङको दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कको इन्टरनेट सेवा अवरुद्ध भएको छ । गत... ...

गोरखापत्र
सुमो दुर्घटना अपडेट : घाइते चारमध्ये एकको अवस्था गम्भीर, अन्यको सुधारोन्मुख, एक डिस्चार्ज
ताजा खबरJust now

सुमो दुर्घटना अपडेट : घाइते चारमध्ये एकको अवस्था गम्भीर, अन्यको सुधारोन्मुख, एक डिस्चार्ज

चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिँडेको प्रहरीले जनाएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play