Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै
Photo / Coverage: नेपालन्युज

काभ्रेपलान्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ। हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ। केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ। हाल केन्द्रमा दैनिक रूपमा यातायात ब्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ‘डेटा’का आधारमा लाइसेन्स छापिरहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार तत् कार्यालयबाट इमेलबाट प्राप्त छपाई आग्रहअनुसार लाइसेन्स छाप्ने गरिएको छ। छपाई परिमाणका आधारमा भुक्तानी पनि स्वयं कार्यालयबाट भइरहेको तिमिल्सिनाको भनाइ छ। ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाई सुरु गरेदेखि असार मसान्तसम्मको अवधिमा २७ लाख ४७ हजार लाइसेन्स छापेर सम्बन्धित कार्यालय पठाइएको तिमिल्सिनाले जानकारी दिए। विभाग र केन्द्रबिच गत वैशाख ४ गते ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि सोही गुणस्तरको छपाईको काम सुरु गरिएको हो। तिमिल्सिनाका अनुसार विभागसँगको पहिलो चरणको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ गरिएको थियो भने त्यसपछि असारमसान्तसम्ममा थप १५ लाख ४७ हजार लाइसेन्स छापिएको थियो। “केही सङ्ख्यामा ब्याकलग लाइसेन्स पनि सँगसँगै छपाइ हुने गर्दछ”, तिमल्सिनाले भने। केन्द्र र विभागबीच पहिलो चरणमा २०८२ कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता गरिएको थियो। केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको थियो। दोस्रो चरणमा भने गत वैशाख ४ गते १५ लाख ४७ हजार लाइसेन्स छाप्ने सम्झौता भएको थियो। गत आर्थिक वर्षमा केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाख थान हुलाक टिकट छापिएको तिमिल्सिनाले जानकारी दिए। केन्द्रमा हाल नौ जना इन्जिनियर र १६ जना प्राविधिक कर्मचारी गरी २५ जना कर्मचारीलाई खटाएको जनाइएको छ। यस्तै केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यिय भवन अन्तिम चरणमा पुगेको छ। सूचना–प्रविधि पार्क (आईटी पार्क) का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई छ वर्षअघि तत्कालीन सरकारले केन्द्रमा परिणत गरेको थियो। केन्द्रमा राहदानी, बैङ्क नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइ गर्न सकिनेछन्। पार्कभित्रै खानेपानीका लागि एक/एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङकी, छापाखानाका लागि आवश्यक पर्ने चार ठुला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण भएका छन्। प्रेस पूर्ण रूपमा सञ्चालनमा ल्याइए सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने करिब रु १० अर्ब जोगिने अपेक्षा गरिएको छ। विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आईटी पार्क निर्माणकार्य सम्पन्न भई ०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। कूल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई वटा ठुला ब्यापारिक/प्रशासनिक, भण्डारण भवन तथा चार सुविधा सम्पन्न आवासीय भवनलगायत दश भवन छन्। तत्कालीन समयमा दक्षिण एसियामै नमुना र ठुलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
फेरि प्रदेश सरकार अस्थिर बनाउने खेलमा एमाले र नेकपा
Latest NewsJust now

फेरि प्रदेश सरकार अस्थिर बनाउने खेलमा एमाले र नेकपा

कोशी र लुम्बिनीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमाले नेतृत्वकै निर्देशन, मधेशमा बनेको जसपा नेतृत्वको नयाँ सरकार अझै अपूर्ण, सुदूरपश्चिममा नेकपाका सांसदहरूले आफ्नै मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गर्दै। ...

कान्तिपुर
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप

क्लबले सम्झौतामा रहेको एकवर्षे विकल्प प्रयोग गरेपछि पोर्चुगिज कप्तानसँगको सहकार्य थपिएको हो, तर भाइरल संक्रमणका कारण उनी ब्रेन्टफोर्डविरुद्ध खेल्न अनिश्चित छन् । ...

कान्तिपुर
युद्धग्रस्त १६ देशमा भोकमरीको संकट गहिरिने राष्ट्रसंघको चेतावनी
Latest NewsJust now

युद्धग्रस्त १६ देशमा भोकमरीको संकट गहिरिने राष्ट्रसंघको चेतावनी

कायरो । आगामी ६ महिनामा विश्वका १६ देशमा भोकमरीको अवस्था थप गम्भीर बन्ने संयुक्त राष्ट्रसंघका खाद्यसम्बन्धी निकायहरूले चेतावनी दिएका छन् । युद्धग्रस्त सुडान र यमनसहित पाँच देशमा भोकमरीको जोखिम सबैभन्दा उच्च रहेको उनीहरूको निष्कर्ष छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्व, मध्यपूर्वको युद्धका कारण बढेको इन्धनको मूल्य ...

केन्द्रबिन्दु
आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने
Latest NewsJust now

आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने

• नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन, मौसम मुख्यतया सफा रहेको छ। • हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। • भोलि बिहान उपत्यका र तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement