Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी
Photo / Coverage: नेपालन्युज

धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन्। टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक खानपिन गर्ने र नाचगान गर्दै तिहार मनाउने गर्छन् । परिवार र आफन्तबीच सीमित हुँदै गएको तिहारलाई सामूहिक उत्सवका रूपमा मनाउने यो परम्परा स्थानीय नगेन्द्र गहतराजको पहलमा सुरु भएको हो । दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध आत्मीय र प्रगाढ बनाइराख्ने उद्देश्यले सामूहिक रूपमा तिहार मनाउने चलन सुरु गरिएको गहतराजले बताए । टोलमा रहेको सानो सामुदायिक घर सामूहिक तिहार मनाउने साझा थलो बनेको छ । यस टोलमा तिहार मनाउँदा लाग्ने खर्च सबै घरपरिवारले बराबरी बाँड्ने गरेका छन् । दिदीबहिनीले पनि सबै दाजुभाइलाई एउटै प्रकारका कोसेली दिने चलन छ । भाइटीकामा दिदीबहिनीले दिने दक्षिणा पनि दाजुभाइले व्यक्तिगत रूपमा नराखी बराबरी बाँड्ने गरेका छन् । कसैले बढी र कसैले कम पाउने अवस्था अन्त्य गरी सबै परिवारबीच समानता र आत्मीयता कायम गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको गहतराजले बताए । सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय सुनार टोलबाट बहुदलीय व्यवस्था पुनःस्थापनापछि दुई जना स्थानीय वडाध्यक्ष बनिसकेका छन् । नगरपालिका स्थापना भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा यसै टोलबाट एक जना दलित महिला सदस्य निर्वाचित भएकी थिइन् । व्यक्तिगत रूपमा मनाइने चाडलाई सामूहिक उत्सवमा रूपान्तरण गर्दै आएको सुनार टोलका बासिन्दाले तिहार टीका र दक्षिणामा मात्र सीमित नभई आपसी सम्बन्ध, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने पर्व भएको सन्देश दिन खोजेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो
Latest NewsJust now

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

बाँके । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन । बाढीमा परी... ...

रातोपाटी
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ : १. मनाइयो भाइटीका आज यमपञ्चकको अन्तिम अर्थात् पाँचौँ दिन भाइटीका लगाएसँगै यस वर्षको तिहार समापन... ...

रातोपाटी
भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
Latest NewsJust now

भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले काठमाडौँ र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्रको बस सेवा बिहान ८ ...

नेपालन्युज
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
Latest NewsJust now

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौं। सर्लाहीको बागमती नगरपालिका-१२ बोटे टोलमा बुधबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।पूर्वपश्चिम महेन्द्र राजमार्गको पुतली चोकबाट भित्री सडक हुँदै बोटे टोलतर्फ जाँदै गरेको को ११ प ३७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी मोरङको सुन्दर हरैचा नगरपालिका-६ घर भई पुतली चोकस्थित दिदीको घरमा बस्दै आएका २५ वर्षीय रुपक विश्वकर्माको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play