काठमाडौं, मंसिर ११ । रामेछापको सुनापति गाउँपालिकाले पर्यटन, खानेपानी, चिया खेतीलगायतका क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौंमा लगानी सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा कुल १७ करोड रुपैयाँ लागतका सात वटा ठूला परियोजनासहित १९ वटा पर्यटकीय गन्तव्य लगानीका लागि प्रस्तुत गरिएको छ । गाउँपालिकाले ठूला आयोजनासँगै विभिन्न साना परियोजनामा समेत लगानी भित्र्याउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अघि सारेको छ । सम्मेलनमार्फत पर्यटन पूर्वाधार विकास, खानेपानी आयोजना, चिया खेती विस्तारलगायतका क्षेत्रमा निजी क्षेत्रसँग लागत साझेदारी गरी लगानीको वातावरण निर्माण गर्ने प्रस्ताव गरिएको छ । स्थानीय स्रोत, साधन र सम्भावनाको उपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्ने तथा गाउँपालिकालाई पर्यटन र लगानीको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सुनापति गाउँपालिकाको लगानी सम्म्लन : १७ करोडका सात ठूला परियोजना प्रस्तुत

Read Complete Original Article
Published originally on जनताटाइम्स





