Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुनकोसी-मरिण डाइभर्सन ठेक्कामा लफडा : महानिर्देशक श्रेष्ठ ४९ दिनमै सरुवा,रजाैरे ३७ दिनमै पक्राउ

सुनकोसी-मरिण डाइभर्सन ठेक्कामा लफडा : महानिर्देशक श्रेष्ठ ४९ दिनमै सरुवा,रजाैरे ३७ दिनमै पक्राउ

10/30/2026, 1:34:20 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनकोसी-मरिण डाइभर्सन ठेक्कामा लफडा : महानिर्देशक श्रेष्ठ ४९ दिनमै सरुवा,रजाैरे ३७ दिनमै पक्राउ

काठमाडौँ। प्रधानमन्त्री कार्यालयको निर्देशन भन्दै सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल प्रहरी नियन्त्रणमा लिएकाे छ । सिँचाइ विभाग स्राेतअनुसार महानिर्देशक रजौरियालाई सिरहा र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका दुवै अधिकारीलाई भने प्रहरी हिरासतमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ। स्रोतका अनुसार सुनकोसी-मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया रोक्न प्रकृया रोक्न प्रधानमन्त्रीको सचिवालयले दबाब दिए पनि महानिर्देशक रजौरेले प्रक्रियाअनुसार अगाडि बढेकाले नमिल्ने बताएको स्रोतहरूको दाबी छ । उक्त आयोजनाको ठेक्का प्रक्रिया पटक–पटक अघि बढ्ने र रद्द हुने हुँदै आएको छ। यद्यपि, दुवै अधिकारीलाई नियन्त्रणमा लिनुको आधिकारिक कारण भने सार्वजनिक भइसकेको छैन। सिंँचाइ विभागका अधिकारीहरूले यसलाई पासपोर्ट काण्डको अर्को शैली भनेका छन् । पासपोर्ट ठेक्का प्रकरणमा प्रधानमन्त्री कार्यालयको सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र परराष्ट्र मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यालयमै राखेर ठे्क्का खारेज गर्न दबाब दिएको थियो । पछि यस विषयमा तत्काली मुद्दा समेत विशेष अदालत लगिएको थियो । सिँचाइ विभागमा महेश्वर श्रेष्ठलाई महानिर्देशक बनाएर पठाएको ४९ दिनमै मन्त्रालय फिर्ता बोलाएर रजौरेलाई महानिर्देशक बनाइएको थियो । खुल्ला प्रतिस्प्रधाबाट आएका श्रेष्ठलाई तत्कालै फिर्ता बोलाइएको थियो । उच्च स्रोतहरूका अनुसार मन्त्रालय फिर्ता बोलाइएका तत्कालीन महानिर्देशक श्रेष्ठसहितको समूहलाई अपमानजनक ढङ्गले मन्त्रालयमा राखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत, पुँजीगत खर्च र रोजगारी प्रमुख चुनौती
ताजा खबरJust now

सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत, पुँजीगत खर्च र रोजगारी प्रमुख चुनौती

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार उपभोक्ता मूल्यमा यस्तै वृद्धिदर देखिएको हो । आधारभूत मूल्यमा २.७१... ...

रातोपाटी
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन
ताजा खबरJust now

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन

काठमाडौं । नेपालको कुल सार्वजनिक ऋणले पहिलोपटक ३० खर्ब रुपैयाँको ऐतिहासिक विन्दु पार गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्त) सम्म आइपुग्दा राज्यको थाप्लोमा ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ ऋण भार पुगेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यो आकार मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत हुन आउँछ। तथ्यांकलाई केलाउँदा पछिल्लो समय सरकारले बाह्यभन्दा आन्तरिक ऋणको साहारा ...

कर्पोरट खबर
सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल
ताजा खबरJust now

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं।सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा उठाइएका विविध प्रश्नहरूका विषयमा छलफल भएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरूको सो बैठकमा आज ती समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए। प्रधानन्यायाधीश डा. शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडिएर विभिन्न सञ्चार माध्यमा प्रकाशित भएका विषय भ्रामक भएको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए। ...

नेपालन्युज
सीमापार अपराध नियन्त्रण गर्ने नेपाल भारत सुरक्षा नेतृत्वको संयुक्त प्रतिबद्धता
ताजा खबरJust now

सीमापार अपराध नियन्त्रण गर्ने नेपाल भारत सुरक्षा नेतृत्वको संयुक्त प्रतिबद्धता

काठमाडौँ, कात्तिक १३ गते । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौँमा नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play