Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सुनकोशी–मरिण आयोजना अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी, लागत घट्न सक्ने मन्त्रालयको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनकोशी–मरिण आयोजना अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी, लागत घट्न सक्ने मन्त्रालयको दाबी
Photo / Coverage: पर्दाफास

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

आयोजनामा ठेकेदार छनोट प्रक्रिया अघि बढाउन बोलपत्रसम्बन्धी कागजात तथा मूल्यांकन विधिलाई अद्यावधिक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले आयोजनाको निर्माण कार्य शीघ्र शुरु गर्नु मन्त्रालयको प्राथमिकता रहेको बताए।

उनकाअनुसार चालु आर्थिक वर्षमै लागत अनुमान स्वीकृत भइसकेकाले त्यसलाई पुनः अद्यावधिक गर्नुपर्ने अवस्था छैन । नयाँ खरिद ऐन तथा नियमावलीअनुसार मूल्यांकन पद्धति र बोलपत्रसम्बन्धी कागजात भने अद्यावधिक गर्नुपर्नेछ । यसका लागि जलस्रोत तथा सिंचाई विभाग र आयोजना कार्यालयले तिब्र रूपमा काम गरिरहेको आचार्यले जानकारी दिए।

आचार्यकाअनुसार सुनकोशी-मरिण डाइभर्सन आयोजना नेपालको कृषि विकास र जलस्रोतको अधिकतम उपयोगका दृष्टिले महत्त्वपूर्ण आयोजना हो । तराई-मधेसलाई नेपालको अन्न भण्डारका रूपमा रहेको बताउँदै उनले त्यहाँ बाह्रै महिना सिंचाई सुविधा उपलब्ध गराउन पानीको स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए।

हिमालयबाट उत्पत्ति भएका नदीहरूको पानी उपयोग गर्दै बढी पानी उपलब्ध हुने नदी बेसिनबाट महाभारत क्षेत्रबाट उत्पत्ति भएका नदीहरूमा पानी स्थानान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ । उनकाअनुसार आयोजनाको सुरुङ निर्माणको प्रगति अपेक्षाभन्दा छिटो भएपनि अन्य संरचनासम्बन्धी काममा केही ढिलाइ भएको छ । अब भने प्रचलित ऐन तथा कानूनअनुसार पुनः बोलपत्र प्रक्रिया अघि बढाएर निर्माणलाई गति दिने तयारी छ ।

बोलपत्र रद्ध हुँदैमा तत्कालै मुलुकलाई ठूलो आर्थिक नोक्सानी भएको निष्कर्ष निकाल्न नसकिने आचार्यको भनाइ छ । यसअघि वित्तीय प्रस्ताव नखोलिएकाले वास्तविक आर्थिक प्रभाव अहिले नै आकलन गर्न नसकिने उनले बताए। पुनः बोलपत्र आह्वान गर्दा लागत घट्न सक्ने सम्भावनासमेत रहेकाले आर्थिक नोक्सानीबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ ।

उनले भने,‘अब आगामी कार्यदिशाका सम्बन्धमा जतिसक्दो चाँडो प्रचलित ऐन तथा कानूनअनुसार अघि बढ्नुपर्ने अवस्था छ । किनभने हाम्रो लागत अनुमान यही आर्थिक वर्षमा स्वीकृत भएको हो । त्यसैले लागत अनुमान अद्यावधिक गर्नुपर्ने अवस्था छैन । नयाँ खरिद ऐन तथा कानूनअनुसार मूल्यांकनका विधि र पद्धति तथा बोलपत्रसम्बन्धी कागजातहरू भने अद्यावधिक गर्नुपर्नेछ । यसका लागि जलस्रोत तथा सिंचाई विभाग र आयोजना कार्यालय अत्यन्तै अग्रसर भएर दिनरात काम गरिरहेका छन् । यो काम जतिसक्दो चाँडो अघि बढाउने विषय निश्चित छ । मन्त्रालयको प्राथमिकता भनेको जतिसक्दो चाँडो खरिद प्रक्रिया सम्पन्न गरी ठेकेदारलाई आयोजनामा आबद्ध गराएर काम सुरु गर्नु हो । यसका लागि अब पुनः बोलपत्र आह्वान गरेर जतिसक्दो चाँडो ठेकेदारलाई काममा आवद्ध गर्नुपर्ने हुन्छ । एउटा बोलपत्र रद्द भएर अर्को बोलपत्र प्रक्रियामा जाँदैमा ठूलो आर्थिक नोक्शानी भएको भन्न मिल्दैन । अहिले तत्कालै वित्तीय प्रस्ताव नखोलिएकाले त्यसबाट भएको आर्थिक प्रभाव देखिँदैन । पुनः बोलपत्र आह्वान गर्दा लागत अझ घट्न पनि सक्छ । त्यसैले अहिले नै राष्ट्रलाई कति आर्थिक नोक्शानी भयो भन्ने निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।’

यसअघिका ठेकेदारसँग सम्बन्धित धरौटी तथा कार्यसम्पादन जमानत जफत गर्ने विषयमा केही जमानत जफत भइसकेको र केही जफत गर्ने प्रक्रियामा रहेको आचार्यले बताए।

खरिदसम्बन्धी निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै आचार्यले प्रचलित खरिद ऐन तथा नियमावलीले खरिदसम्बन्धी अधिकार विभागीय तहलाई नै दिएको बताए। डिजाइन, लागत अनुमान तथा खरिद स्वीकृतिका प्रक्रिया मन्त्रालयबाट नभई विभागीय प्रमुखको तहबाटै अघि बढ्ने भएकाले यसका लागि मन्त्रालयको छुट्टै लिखित स्वीकृति आवश्यक नपर्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आकाश क्यापिटलको नाम परिवर्तन हुँदै, अब ‘कामना सेवा क्यापिटल’ बन्ने
OthersJust now

आकाश क्यापिटलको नाम परिवर्तन हुँदै, अब ‘कामना सेवा क्यापिटल’ बन्ने

काठमाडौं । कामना सेवा विकास बैंकले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरेसँगै उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनी बनाएको छ । यससँगै आकाश क्यापिटल अब ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालन हुने भएको छ । कम्पनीको आठौँ वार्षिक साधारण सभा सोमबार मंसिर ७ गते ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैंकले संस्थापक शेयर […] ...

लोकपथ
नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय : विगतका मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह र मोदी
OthersJust now

नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय : विगतका मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह र मोदी

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने संकेत गरेको छ। विगतका मतभेद र असमझदारीलाई पछाडि छाड्दै पारस्परिक हित, आर्थिक विकास र साझा समृद्धिमा केन्द्रित भएर अघि बढ्ने दुवै देशका प्रधानमन्त्रीको प्रतिबद्धताले नेपाल–भारत सम्बन्धमा सकारात्मक सन्देश दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको राजकीय भ्रमणले दुई छिमेकी मुलुकबीचको सम्बन्धमा ...

पर्दाफास
सुनकोसी मरिण आयोजनाको ठेक्का रद्दका कागजात सात दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन
OthersJust now

सुनकोसी मरिण आयोजनाको ठेक्का रद्दका कागजात सात दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । ठेक्का रद्दबारे समितिमा उजुरी परेको थियो । उजुरीमा बोलपत्रका सबै प्रक्रिया पूरा भइसकेर आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको अवस्थामा अन्तिम समयमा ...

पर्दाफास
अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत (तस्वीरहरू)
OthersJust now

अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत (तस्वीरहरू)

जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरे । तीर्थयात्रीहरूलाई स्वागतमा बसेकाहरूलाई फूलमाला लगाइदिएका थिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement