Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

चीनले अन्तरिक्षमा पहिलो पाकिस्तानी नागरिक पठाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनले अन्तरिक्षमा पहिलो पाकिस्तानी नागरिक पठाउँदै
Photo / Coverage: केन्द्रबिन्दु

बेइजिङ । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नेछन् । उनीहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन् । सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नेछन् । चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ । उनी शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्कनेछन् । यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो । मिसनका चिनियाँ सदस्य ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसेका छन् । उनी तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्नुहुने सीसीटीभीले जनाएको छ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लन्डन गइरहेका ‘कक्रोच’ आन्दोलनका नेतालाई विमानस्थलमै रोकियो
Latest NewsJust now

लन्डन गइरहेका ‘कक्रोच’ आन्दोलनका नेतालाई विमानस्थलमै रोकियो

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरूमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ। कक्रोच जनता पार्टी (सिजेपी) का २७ वर्षीय नेता सौरभ दासले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने विमानमा चढ्न नदिइएको बताएका छन्। मङ्गलबार बिहान उडान भर्ने तयारीमा रहेका उनलाई विमानस्थलका अध्यागमन अधिकारीहरूले राहदानीमा रोकसम्बन्धी सङ्केत रहेको जानकारी दिएका थिए। दासका अनुसार ...

केन्द्रबिन्दु
आठ वर्षपछि सञ्चालनमा आयो बसपार्क
Latest NewsJust now

आठ वर्षपछि सञ्चालनमा आयो बसपार्क

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित छिनामा बसपार्क सञ्चालनमा आएपछि सवारीसाधनको आवागमन सहज भएको छ । निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रयोगविहीन रहेको बसपार्कको जग्गा विवाद समाधान भएपछि सञ्चालनमा आएको नगरप्रमुख... ...

रातोपाटी
दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
Latest NewsJust now

दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

दाङ । कामदारको अभाव र ज्याला बढ्दै गएपछि यहाँका किसान धान झार्न आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित भएका छन् । जनशक्ति र समयको बचत हुने भएकाले थ्रेसर मेसिनको प्रयोगमा वृद्धि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement